back
CTIZAN AD

फिफा विश्वकप एसिया छनोट यात्रा सुरु गर्दै नेपाल

वि.सं.२०८० असोज २५ बिहीवार

1.6K 

shares

काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोट यात्रा आज सुरु गर्दैछ । फिफा विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताअन्तर्गत आज लाओससँग भिड्दै नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप एसिया क्षेत्र छनोट यात्रा सुरु गर्ने भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा लाओससँग नेपालले प्रतिस्पर्धा गर्दै छ । फिफा वरीयतामा नेपाल १७५औँ स्थानमा छ भने प्रतिस्पर्धी लाओस १८६औँ स्थानमा छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले दुई महिनादेखि प्रशिक्षण गरिरहेकाले नेपालको तयारी राम्रो रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘हामी त्रिकोणात्मक सिरिजभन्दा राम्रो खेल प्रस्तुत गर्नेछौँ।’

नेपालले गत चैतमा घरेलु मैदानमा भुटान र लाओससम्मिलित त्रिकोणात्मक सिरज खेलेको थियो । जसमा नेपालले लाओसलाई समूह चरणमा २-० ले हराएको थियो भने फाइनलमा २-१ को जित हासिल गरेको थियो ।

एसिया क्षेत्र छनोटअन्तर्गत पहिलो लेगमा नेपालले घरेलु मैदानमा खेल्न लागेको हो । यसपछि अर्काे खेलका लागि भने नेपाली टोली लाओस प्रस्थान गर्नेछ ।

दोस्रो लिग असोज ३० गते लाओसको घरेलु मैदानमा हुनेछ ।

फाइल फोटो

वि.सं.२०८० असोज २५ बिहीवार ११:१९ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...