back
CTIZAN AD

मलेसियाबाट फर्किएर पशुपालनमा लागेका केसी दैनिक दुईसय लिटर दूध बेच्छन्

वि.सं.२०८० असोज २५ बिहीवार

1.1K 

shares

घोराही (दाङ) । घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसीले दैनिक दुई सय लिटर दूध बेच्छन् । उनी बिहानै गाउँबाट मोटरसाइकलमा दूधका क्यान झुन्ड्याएर घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बेच्दै आउका छन् । उनले विसं २०७१ बाट सुरु गरेको पशुपालन व्यवसायले राम्रो आम्दानी दिएको बताए । केसीकोे मालति बहुउद्देश्यीय पशु तथा कृषि फार्म छ ।

विसं २०७१ अघि दुईवटा भैँसीपालन गरेर पनि उनले साइकलबाट दूध बेचेको अनुभव सुनाए । पैतालीस वर्षीय केसी तीन वर्ष घरको कमजोर आर्थिक अवस्था सुधार्ने विचारले मलेसिया रोजगारीका लागि गए । मेलेसियाबाट फेर्केपछि फेरि उनी रोजगारीकै लागि भारत पनि गए । त्यहाँ पनि उनले सोचे अनुसारको कमाउन सकेनन् । त्यसकारण उनीसँग वैदेशिक रोजगारीका क्रममा कैयौँ दुःख झेलेको अनुभव छ ।

“विदेशमा गरिने परिश्रम नेपालमा गर्न सके सफलता प्राप्त गर्न गाह्रो छैन”, उनले भने, “विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।” केसीले स्वदेशमै केही गर्नुपर्छ भनेर थालेको पशुपालन व्यवसायले आम्दानीसँगै तीन/चार स्थानीय युवालाई रोजगारी दिएका छन् ।

आफनो फार्मबाट दैनिक ३० लिटर र बाँकी गाउँका अन्य किसानबाट दुध खरिद गरी बिक्री गर्छन् । उनकोे फार्ममा १८ भैँसी र तिनका पाडापाडी छन् । उनले केही दूध डेरी पसल र होटलमा दिन्छन् भने बाँकी घरघरमा पु¥याएर फुटकर बेच्छन् ।

केसी आफ्नो घरबाट निस्केपछि बाटोका चोकचोकमा किसानबाट दूध सङ्कलन गर्दै अघि बढ्नुहुन्छ । “बिहान ३ बजे उठेर भैँसीको स्याहारसुसार गरेर अँध्यारै घरबाट निस्कन्छु, बिहान ९.३० बजेसम्म दूध बेचेर सक्छु”, उनले भने । उनलाई भैँसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुने र आहारा तयार गर्ने काम गर्नुपर्छ । बिहान ५ बज्दा केसी दूध बोकेर हिड्छन् । घरका अन्य सदस्यले पनि सहयोग गर्ने गरेको उनले बताए ।

यही कामबाट आफूले मासिक रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताए । उनले प्रतिलिटर रु एक सयमा दूध बेच्ने गरेका छन् । केसीले आफनै जग्गामा मौसमअनुसार घाँस लगाउँछन् । उनले पराल र भूस पनि आफ्नै जग्गाबाट उत्पादन गर्छन् । मोटरसाइकलमा दूधका क्यान बोकेर हिँड्दा ट्राफिक प्रहरीले समाउने गरेको उनले बताए ।

उनले भने, “धेरै पटक जरिवाना तिरेको छु, मोटरसाइकलमा यसरी बोक्ने होइन, गाडी किन्न भन्छन् ।” तत्काल गाडी किन्न नसक्ने हँुदा समस्या भएको उनले बताए । किसानप्रति सम्मानको व्यवहार नभएका कारणले पनि युवा कृषिमा आकर्षित हुन नसकेको उनकोे भनाइ छ ।

उनले हालसम्म कतैबाट अनुदान नपाएको बताए । राज्यले वास्तविक किसानको हितमा काम गर्ने नीतिका साथ पशुपालक किसानलाई सहुलियत दिनुपर्ने उनकोे धारणा छ । वास्तविक किसानले अझै पनि अनुदान पाउन नसक्ने समस्या कायम रहेको उनले बताए । वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका केसी उदाहरण पात्र मात्रै छन् ।

 

वि.सं.२०८० असोज २५ बिहीवार १७:४८ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...