back
CTIZAN AD

दैनिक २३ हजार लिटर दूध खरिद गर्दै आयोजना

वि.सं.२०८० असोज २६ शुक्रवार

1.3K 

shares

मकवानपुर । हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ । सङ्कलितमध्ये आवश्यकता अनुसार काठमाडौँ, विराटनगर र चितवनमा दैनिक १६ हजार पाँच सय लिटर धुलो दूध उत्पादनका लागि पठाउने गरिएको आयोजना कार्यालयले जनाएको छ ।

साथै दैनिक वीरगन्ज, चितवनको नारायणगढ र हेटौँडाको स्थानीय उपभोक्तालाई करिब छ हजार पाँच सय लिटर दूध सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको आयोजनाका प्रमुख नवीनकिशोर शर्माले बताए । अहिले मधेस प्रदेशको बारा, सर्लाही, रौतहट र पर्सा तथा बागमतीको मकवानपुरका गरी दुई सय दूध उत्पादन सहकारी संस्थाबाट २३ हजार लिटर दूध खरिद गर्ने गरिएको उनले जानकारी दिए ।

तराईका चार र मकवानपुरका गरी नौ हजार तीन सय ७५ कृषकबाट दैनिक दूध खरिद गरेबापत मासिकरूपमा रू तीन करोड उपलब्ध गराउँदै आएको प्रमुख शर्माले जानकारी दिए । उनका अनुसार यहाँबाट उत्पादित पेडा र लालमोन दैनिक एक सय ६० कार्टुन काठमाडौँका उपभोक्ताको मागबमोजिम पठाउने गरिएको छ । आयोजनाले दैनिक पासराइट गरेको दूध चार हजार लिटर, दही सात सय लिटर, घिउ सात सय लिटर र पनिर एक सय ४० केजी उत्पादन गर्दै आएको छ ।

सुक्खा मौसमको समयमा तराईबाट दैनिक आठदेखि नौ हजार लिटरसम्म दूध खरिद गर्न सकिने शर्माको भनाइ थियो । आयोजनाले आफ्नो लगानीमा सर्लाही, रौतहट र बारामा छ वटा किसान केन्द्र सञ्चालनमा ल्याएको आयोजनाका सूचना अधिकारी कृष्णबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आयोजनामा प्रशासन व्यवस्थापन र मजदुर गरी एक सय १० जनाले प्रत्यक्ष रोजगारीले पाएका छन् ।

“तराईमा अहिले दूधको उत्पादन वृद्धि भइरहेकाले यसअघि भारतको पटनाबाट काठमाडौँका उपभोक्तालाई दूध आपूर्ति गर्ने गरिएको थियो”, आयोजना प्रमुख शर्माले भने, “केही महिनादेखि त्यो बन्द गरिएको छ ।”
रासस/फाइल फोटो

वि.सं.२०८० असोज २६ शुक्रवार १४:२९ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...