back
CTIZAN AD

अमेरिका पुगेका यादवले भने–केही तत्वका कारण संघिय लोकतान्त्रिक गणतन्त्रमाथि नै खतरा उत्पन्न भएको छ

वि.सं.२०८० असोज २६ शुक्रवार

1.4K 

shares

न्यूयोर्क । नेपालमा अहिले ठूला राजनीतिक दल र यो व्यवस्थालाई नस्विकार्ने तत्वहरूको सक्रियताले संघिय लोकतान्त्रीक गणतन्त्रको संविधानमाथी नै खतरा उत्पन्न भएको जसपाका अध्यक्ष.उपेन्द्र यादवले बताएका छन् ।

अक्टूबर २ का दिन न्यूयोर्कमा नेपाली समाज अमेरिकाले आयोजना गरेको कार्यक्रममा उनले अहिले देशमा देशी विदेशी तत्वहरू र संघियता, समानुपातिक प्रणाली, समावेसीकरण, धर्मनिरपेक्षता र गणतन्त्र नचाहाने शक्तिहरू सल्बलाएको बताए ।

अध्यक्ष यादवले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातिय, बहुसास्कृतिक विविधतायुक्त समाज रहेकोले यहा कसैले कसैलाई पनि विभेद गर्न नहुने र समाजमा एकता, सद्भाव र एक अर्काको पहिचान स्विकारेर मात्र देश विकास गर्न सकिने बताए ।

‘जनयुद्व, जनान्दोलन, मधेश विद्रोह, आदिवासी जनजाति आन्दोलन र दलित, मुस्लिम, थारू साथै महिलाहरूको बलिदानीपूर्ण संघर्ष र त्यागका बाबजुत अहिलेको व्यवस्था आएको हुनाले यसको रक्षा गर्दै समाजवाद उत्मुख विकासका योजनाहरू अगाडी बढाउनु हामी सबैको जिम्मेवारी हो,’अध्यक्ष यादवले भने, ‘अहिले देशमा ठूला भनिएका शक्तीहरू नै प्रतिगामी सोच र चिन्तनका कारण यो व्यवस्था नचाहाने तत्वहरूलाई बल मिलेको छ, तर जनता समाजवादी पार्टीले देशमा संघिय लोकतान्त्रिक गणतन्त्र भन्दा पछाडी हट्ने कुनै पनि सम्झौता नगरी यसलाई जोगाएर अझ प्रगतीशिल रूपमा जनताको माग बमोजिम संविधानलाई परिस्कृत रूपमा संशोधन गर्दै अगाडी बढ्छ ।’

अर्को फरक प्रशंगमा प्रवासमा रहेका नेपाली नागरीकहरूले आगामी निर्वाचनदेखी मतदान गर्न पाउने व्यवस्था अहिलेको सरकारले गरिरहेको बताए ।
उनले यसमा प्राविधिक रूपमा प्रत्यक्ष उम्मेद्वारलाई मत दिने व्यवस्था मिलाउन नसकिए पनि समानुपातीक प्रणालीमा मतदान गर्न सकिने बताए ।
‘प्रचण्ड नेतृत्वको सरकारका एक प्रमुख घटक रहेको हाम्रो पार्टीले अहिलेको सरकारले गरेका हरेक कामलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्दै आएका छौ । जनताको समस्या समाधान हुने जनजिविकाको सवालमा हामी सधै सरकारको साथमा छौ,’ उनले भने, ‘तर जनताको हित विपरितका सरकारको कुनैपनि कदमलाई हामी समर्थन गर्दैनौ ।’

अध्यक्ष यादवले अहिले देशमा धार्मिक द्वन्द मच्चाउने, सामाजिक सत्भाव खल्बल्याउने र अराजकता निम्त्याएर संघियतालाई दोष दिने तत्वहरूले देशलाई बर्बाद पार्ने खेल खेलिरहेको बताए ।

सरकारले संघिय ऐन बनाएर संविधानले तोकेको प्रदेशहरूको अधिकार तत्काल दिएर जनतालाई संघियताको महसुस गराउनु पर्ने यादवको भनाई थियो ।

‘प्रदेश सरकारलाई अधिकार नदिने अनि काम भएन भन्नु गलत हो । नेपाल जस्तो देशमा सबैको पहिचान र अस्तित्व स्विकार्नु अपरिहार्य छ । प्रदेश नः १ को सन्दर्भमा चुनावमा जादै गर्दा बहुपहिचान भन्ने अनि संसदमा गएपछी एकल जातिय धार्मिक पहिचान मात्र दिने यो ठिक भएन,’ अध्यक्ष यादवले भने, ‘कोशी प्रदेश नाम राख्छौ हामीलाई मतदान गर भनेर कसैले भनेको थिएन । त्यसलाई त्यहाको ऐतिहासिक भुगोल, जातिय बसोबास, मानव समाजको ईतिहासको आधारमा सबैले स्विकार्ने पहिचान दिनुपर्छ । त्यसमा अहिलेको लागि उपयुक्त नाम किराँत लिम्बुवान हो । त्यसरी नै पहिचान र सामाथ्र्यको आधारमा १०+१ प्रदेश हाम्रो पार्टीको बटमलाईन नै हो ।’

संघिय व्यवस्था भनेकै देशको विविधतलाई समेट्ने व्यवस्था रहेको बताउँदै उनले यसमा सबैको पहिचान समेटिएको हुने बताए ।

‘ नेपालमा महेन्द्रकालिन खोलानालाको नाम र राज्य सत्तामा सयौ वर्षदेखी हालिमुहाली गरिरहेका जातिहरूको एकल वर्चस्व रहने गरी प्रदेशहरूको सिमाङकन गरिएकोले संघिय ब्यवस्थालाई बदनाम गरिएको छ । यसलाई संविधान संशोधनमार्फत पुनसंरचना गर्नु पर्छ । अहिले केही कांग्रेस एमाले वा माओवादी नेतामा संघियतालाई कमजोर बनाएर पुनः एकात्मक व्यवस्थामै रमाउने सोच बोकेकाले यो व्यवस्थालाई बलियो बनाउदै अगाडी बड्ने जिम्मेवारी पनि जनता यमाजवादी पार्टीको रहेको छ,’ उनले भने, ‘साथै अहिले प्रदेश नः१ मा भईरहेको पहिचानवादीहरूको आन्दोलनमा जसपाका नेता कार्यकर्ताहरूको नेतृत्वदायी भुमिका रहेको छ । हामी कुनै पनि हालतमा कोशी नाम खारेज गरेर जनताको आन्दोलनको माग र जनताको चाहानामा बहुपहिचानयुक्त किरात लिम्बुवान वा त्यस्तै पहिचान समेटिएको नाम राख्ने छौं । अब यो आन्दोलन देशव्यापी रूपमा फैलिनेछ ।’

छोटो समयका लागी अमेरिका भ्रमणमा आएका जसपा अध्यक्ष तथा पूर्व उप–प्रधानमन्त्री यादवलाई न्यूयोर्कमा नेपाली समुदायको तर्फबाट स्वागत र सम्मान गरिएको थियो ।

त्यसक्रममा नेपाली समुदायका अगुवा बुद्विजीवी, समाजसेवी, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले नेपालमा संघियता, पहिचान, समावेसी समानुपातिक प्रणाली, गणतन्त्र र धर्मनिरपेक्ष जस्ता जनताको पक्षमा उभिने र रक्षाको लागी पनि जसपामा नै आशा विश्वास र भरोसा रहेको बताए । नेपाली समाज अमेरिकाका अध्यक्ष समिर महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संन्चालन पूर्वमहासचिव लोक चेम्जोङले गरेका थिए ।

वि.सं.२०८० असोज २६ शुक्रवार १५:१२ मा प्रकाशित

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...