back
CTIZAN AD

विद्यार्थीले रोपेको फूलखेतीबाट जिल्ला आत्मनिर्भर बन्दै

वि.सं.२०८० असोज २६ शुक्रवार

1.3K 

shares

कटारी (उयदपुर) । उदयपुर कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । बर्सेनि तिहारका समयमा हुने फूलको अभावलाई अन्त्य गर्ने उद्देश्यले विद्यार्थीले जिल्लाको दुई स्थानमा सयपत्री फूलखेती गरेका हुन् । कृषि प्राविधिक धारतर्पmका विद्यार्थीले कटारी तथा सदरमुकाम क्षेत्रका लागि विद्यालय परिसर र त्रियुगा नगरपालिकाको बोक्सेमा फूलखेती गरेका हुन् ।

कटारी क्षेत्रका लागि विद्यार्थीले विद्यालय परिसरको पाँच कठ्ठा जग्गामा सयपत्री लगाइएको विद्यार्थी राजु ठाकुरले बताए । उनका अनुसार कक्षा १२ को परीक्षापश्चात् गरिने प्रयोगात्मक परीक्षणका लागि फूलखेती गर्नुपर्ने भएपछि जिल्लाको दुई स्थानमा सयपत्री लगाइएको हो ।

विवश लामिछानेसहित १० विद्यार्थीको समूह बनाएर खेती गरिएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले बताए । “बोक्सेमा एक बिघा जग्गा लिजमा लिएर व्यावसायिक फूलखेती गरिरहेका छन”, उनले भने, “विद्यार्थीहरू व्यावसायिकरूपमा नै फूलखेतीमा लागेका हुन् ।”

प्रधानाध्यापक कार्कीका अनुसार यसपटक कटारी र गाईघाट गरी दुई स्थानमा भइरहेको फूलखेतीमा विद्यालयले रू तीन लाख लगानी गरेको छ । विद्यार्थीले व्यावसायिक फूलखेती गरेको यो तेस्रो वर्ष हो । “गत वर्ष भएको नाफाका कारण विद्यार्थीले खेती बढाएका छन”, उनले भने, “बजारमा सबै उत्पादन लैजान सकिन्छ कि सकिँदैन भन्ने चाहिँ चिन्ताको विषय हो ।”

“गत वर्ष कटारीको फूल अभाव विद्यार्थीबाटै अन्त्य भयो”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहालले भने, “यस वर्ष जिल्लालाई नै सयपत्रीमा आत्मनिर्भर बनाउन सदरमुकाममा फूल उत्पादन भइरहेको छ ।” सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले फूलखेतीका साथै व्यावसायिक च्याउखेती पनि गरिरहेको उनले जानकारी दिए ।

यसअघि जिल्लामा सयपत्री अभावका कारण तिहारमा कागज, प्लाष्टिकको माला लगाउनुपर्ने बाध्यता भएपछि विद्यार्थीले फूलखेती सुरु गरेको विद्यार्थी विनोद कार्कीले बताए । यसअघि थोरै खेती गर्दा तिहारमा मात्रै रू एक लाख हाराहारीमा नाफा कमाएका उनले बताए । उनका अनुसार यस वर्ष खेतीको क्षेत्रफल बढाएकाले आम्दानी पनि बढ्ने अनुमान गरिएको छ । रासस/फाइल फाेटाे

 

वि.सं.२०८० असोज २६ शुक्रवार १६:०१ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...