back
CTIZAN AD

तीनकुने हत्याकाण्डका अभियुक्त भण्डारीले दिए सबैलाई चकित पार्ने यस्तो बयान

वि.सं.२०८० असोज २६ शुक्रवार

1.6K 

shares

काठमाडौं । काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनजनाको हत्या अभियोगमा पक्राउ परेका २३ वर्षीय सन्जय भण्डारीले सबैलाई चकित पार्ने बयान दिएका छन् ।

भदौ २९ गते तिनकुनेको दिव्य सःमिलभित्र एकै परिवारका तीनजनाको हत्या गरेको सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–९ का २३ वर्षीय भण्डारीले प्रहरीलाई नै चकित पार्ने बयान दिएका हुन् ।

आफुमाथि मोटरसाइकल चालकले ठक्कर दिएर भागेको तथा उपचार पनि नगरेको कारण तीनकुने घटना घटाएको बयान दिँदै आएका भण्डारीले बहिरामाथि गरिने विभेदका कारण काठमाडौंको विभिन्न ठाउँमा धेरै मान्छे मारेको बयान दिएका हुन् । उनको यस्तो बयानले प्रहरी र सुरक्षा क्षेत्रमाथि नै चुनौति थपिएको छ ।

बोल्न नसकेका कारण लिखित बयान दिएका भण्डारीले ‘मैले मारेको मान्छेहरूलाई म चिन्दिनँ । सबैलाई धारिलो हतियार प्रहार गरी मारेको छु । मारेको मिति थाहा छैन । अनुसन्धान गर्ने काम प्रहरीको हो ।’ भण्डारीले तीनकुनेको घटनामा पनि प्रहरीलाई खबर गर्ने एकजनालाई मार्न नसकेकोमा पछुतो लागेको बताएका छन् ।

‘मैले चारजनाको हत्या गरेपछि आराम गरिरहेको अवस्थामा घटनास्थलमा लाइट बाली आएका व्यक्तिलाई समेत हत्या गर्न पाएको भए यो घटना बाहिर आउँदैन थियो होला’, भण्डारीले दिएको बयानमा लेखिएको छ, ‘निजले घटना सम्बन्धमा प्रहरीलाई खबर गरेको कारण प्रहरीले मलाई पक्राउ गर्न सफल भयो । यदि घटनापछि निज व्यक्ति घटनास्थलमा नआएको तथा निजलाई पनि मैले मार्न भ्याएको भए म सबै शवहरू व्यवस्थापन गर्न सफल हुन्थेँजस्तो लाग्छ ।’

तीनकुने हत्या काण्डका विषयमा प्रहरीलाई फोनमार्फत् जानकारी दिने २८ वर्षीय दीपेन्द्र राई थिए ।

प्रहरीले उक्त घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियुक्तलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

गत भदौ २९ गते अभियुक्त भण्डाचरीले दोलखा कालिञ्चोक गाउँपालिका ८ का कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेल, धनकुटा भीरगाउँ घर भई मोरङको बेलबारी नगरपालिका २ बस्ने १९ वर्षीय नवीन राईको हत्या गरेका थिए ।

 

 

वि.सं.२०८० असोज २६ शुक्रवार १६:१५ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...