back
CTIZAN AD

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८०’ सर्वसम्मतिले स्वीकृत

वि.सं.२०८० असोज २६ शुक्रवार

945 

shares

काठमाडौँ । राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका हुन् ।
उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरु देवेन्द्र दाहाल, सुरेश आलेमगर, सारदादेवी भट्ट, भुवनबहादुर सुनुवार, डा विमला राई पौडेल, नारायणप्रसाद दाहाल, गङ्गाकुमारी वेल्वासे माग लिएका थिए ।

कैलालीको गोदावरी नगरपालिका–४ स्थित निर्माणधीन गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न तथा चिकित्सा शिक्षामा गुणस्तरीय अध्ययन अध्यापन गराउन सरकारले यो विधेयक प्रस्तुत गरेको हो । सो विधेयक यही असोज १९ गते सभामा दर्ता भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असोज ३० गते १ बजे बस्नेछ ।

वि.सं.२०८० असोज २६ शुक्रवार १६:२५ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...