back
CTIZAN AD

 पहिलो गगनयान परीक्षण वाहन मिसन सञ्चालन गर्दै इसरो

वि.सं.२०८० असोज २८ आइतवार

1.1K 

shares
मदुराई, भारत । इसरो प्रमुख डा एस सोमनााथले भारतीय अन्तरिक्षा यात्री परियोजना गगनयानको हिस्साका रूपमा ‘टिभी-डी१’ (टेस्ट डेभलपमेन्ट फ्लाइट १) को पहिलो परीक्षण उडान कात्तिक ४ (अक्टोबर २१) मा हुने बताएका छन् ।
उनका अनुसार डी१ को उडानपछि यस्तै प्रकृतिका कम्तीमा तीन वटा परीक्षण गरिने छ । आगामी वर्षको अन्त्यमा मानव अन्तरिक्ष उडानका क्रममा भारतीय अन्तरिक्षा यात्रीहरूलाई राख्ने क्रु मोड्युलको परीक्षण गर्नका लागि टिभी-डी१ को परीक्षण उडान आन्ध्र प्रदेशको श्रीहरिकोटामा सतीश धवन अन्तरिक्षा केन्द्रबाट गरिने छ ।
“टिभी-डी१ मिसन अक्टोबर २१ का लागि निर्धारण गरिएको छ, यो गगनयान कार्यक्रम हो, गगनयान कार्यक्रमका लागि क्रु इस्केप सिस्टमको प्रदर्शन र परीक्षणको आवश्यकता छ, गगनयान कार्यक्रममा क्रु इस्केप सिस्टम धेरै महत्वपूर्ण छ”, इसरो प्रमुख सोमनाथले मदुराईमा पत्रकारहरूसँग भने ।
टिभी-डी१ परीक्षण उडानमा क्रु मोड्युललाई बाह्य अन्तरिक्षमा प्रक्षेपण गर्ने, त्यसलाई पुनः पृथ्वीमा फर्काउने र बङ्गालको खाडीमा टचडाउनपछि पुनःप्राप्ती गर्ने कार्यक्रम समावेश छ ।
“त्यसैले क्रु इस्केप सिस्टम प्रदर्शन गर्ने उक्त उडानको एक अवस्था हो, हामीले देखाउने यो अवस्थालाई ट्रान्सोनिक अवस्था भनिन्छ, प्रत्येक महिना हामी कम्तीमा एउटा उडान गर्नेछौँ, टिभी-डी१ को परीक्षण उडानपछि हामीसँग जीएसएलएभ र एसएसएलएभ हुनेछ । त्यसपछि मानवरहित गगनयान मिसन सुरु हुनेछ, यो बीचमा पीएसएलएभ उडान हुनेछ, त्यसैले जनवरीअघि तपाईँले कम्तीमा चारदेखि पाँचवटा उडान देख्नुहुनेछ”, सोमनाथले भने ।
एएनआई

वि.सं.२०८० असोज २८ आइतवार १३:३३ मा प्रकाशित

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...