back
CTIZAN AD

चितवन समाज द्वारा आर्थिक सहयोग हस्तान्तरण

वि.सं.२०७४ वैशाख १३ बुधवार

804 

shares

chitwan-samaj-help-to-a-baby-girl
चितवन समाज युएइ तथा चितवन समाज इजरायलको संयुक्त सहयोगमा चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालद्वारा जगतपुर २३ घैलाघारीका १३ बर्षिया बालक अर्जुन हरिजनलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

चितवन समाज इजरायल द्वारा रु।५१,००० र चितवन समाज युएई द्वारा रु ३३,६७० गरि संयुक्त रुपमा रु ८४,६७० आर्थिक सहयोग पीडितका परिवारलाई चितवन मेडिकल कलेज भरतपुरमा हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल अध्यक्ष मुक्ति प्रसाद अधिकारी, कोषाध्यक्ष सिता ढकाल, सहकोषाध्यक्ष साझाराम बि।क।,सदस्य रामबाबु थापा तथा चितवन समाज इजरायलकी प्रथम उपाध्यक्ष सरिस्मा बराल साथै प्रबासमा रहेको चितवन समाजका परिवारजानहरुको उपस्थिति रहेको थियो।

मुक्तिप्रसाद अधिकारीले मन्तब्यका क्रममा चितवन समाज युएइ तथा चितवन समाज इजराइललाई हार्दिक धन्यवाद सहित आगामी दिनहरुमा पनि सदा सामाजिक परोपकारी कार्यमा अगाडी बढ्ने छ भन्ने शुभ कामना व्यक्त गर्दै बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

पत्रकार नारायण ढुंगानाले आफ्नो फेसबुक स्टाटरबाट समाजसेबी सम्पूर्णलाई सहयोगको लागि हार्दिक अपिल गरेका थिए, फलस्वरूप देस विदेशबाट गृह जिल्ला चितवनको सामाजिक बिकासमा काधमा काध मिलाएर सहकार्य सद्भाव र समन्वय गर्दै आर्थिक रकम संकलन भएको थियो ।

वि.सं.२०७४ वैशाख १३ बुधवार १३:५२ मा प्रकाशित