Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

गाउँमा गाडी पुगेपछि रास्कोटवासी खुशीले गद्गद्



 

१३ वैशाख,कालीकोट  । जिल्लाको रास्कोटमा पहिलो पटक आज गाडी पुगेको छ । ग्रामीण पहुँच कार्यक्रम (¥याप थ्री) ले जिम्मा लिएको सान्निघाटदेखि सिपखानासम्मको सडकको काम सम्पन्न भएपछि आजदेखि यहाँ यातायातका साधनहरू सञ्चालनमा आएका छन् ।

जिल्लाको दुई स्थान रास्कोट नगरपालिकाको स्युना, सिपखाना र फुकोटमा १७ किलोमिटर र पचालझरना गाउँपालिकाको जारकोटदेखि राम्नाकोटसम्म पाँच किलोमिटरमा काम भइरहेको अवस्थामा रास्कोटमा आज गाडी पुगेको हो ।

ग्रामीण पहँुच कार्यक्रमका धर्म भण्डारीका अनुसार गाडी परीक्षणका लागि ल्याइए पनि औपचारिक उद्घाटन भने हुन बाँकी छ ।

यसअघि, नेपाली सेनाले कर्णाली करिडोरको लालिघाटदेखि शान्तिघाटसम्मको १६ किलोमिटर सडक सम्पन्न भएपछि साना जिप सञ्चालनमा आएका थिए । गाउँमा गाडी पुगेपछि रास्कोटका स्थानीयवासी खुसी भएका छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको