back
CTIZAN AD

उन्नाइस बुँदे सम्झौता ऐनमा समावेश गर्न स्थानीय तहका कर्मचारीको माग

वि.सं.२०८० असोज २८ आइतवार

1.3K 

shares

काठमाडौँ । स्थानीय तहका कर्मचारीले सरकारसँग भएको १९ बुँदे सम्झौता ऐनमा समावेश हुनुपर्ने माग गरेका छन् । स्थानीय तहका कर्मचारी र सरकारबीच शनिबार १९ बुँदे सहमति भएको थियो । स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिले आज यहाँ पत्रकार सम्मेलन गरी स्थानीय तहका कर्मचारी आठ वर्षसम्म ऐनविहीन अवस्थामा रहँदा वृत्ति विकासबाट वञ्चित भएको बताएका हुन् ।

पेसागत हकहितका लागि विभिन्न २० बुँदे माग उठाउँदै कर्मचारी गत असोज १९ गतेदेखि पेन डाउन गरेर सडकमा आएका थिए । उनीहरुले उठाएका २० वटा बुँदामध्ये सरकारले १९ बुँदामा सहमति जनाएको छ । पत्रकार सम्मेलनमा अहिलेका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको घोषणा गरिएको हो ।

समितिका संयोजक दीपक गौतमले सरकारले ऐन ल्याएर वृत्ति विकासको बाटो खोल्नुपर्छ भनेर आन्दोलनमा होमिएको बताए । स्थानीय तहका कर्मचारीप्रति सङ्घीय सरकारको जहिलेपनि फरक व्यवहार गरेको भन्दै उनले आपत्ति जनाए ।

समितिका सहसंयोजक ईश्वरबहादुर सिंहले सम्झौतामा समावेश भएका बुँदा ‘पहलकदमी लिने, आवश्यक परेको खण्डमा गरिने’ लाई लिएर धेरैले गुनासो गरेको भन्दै विचलित नहुन आग्रह गरे । उनले सरकारले सङ्घर्ष समितिसँग गरेको सम्झौता सङ्घीय निजामती ऐनमा समावेश नभएको खण्डमा थप आन्दोलन गर्ने चेतावनी दिए ।
रासस

वि.सं.२०८० असोज २८ आइतवार २२:४२ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...