back
CTIZAN AD

सभापति लामिछाने भन्छन्-मुलुक परिवर्तनमा योगदान पुर्याएका नेताप्रति उच्च सम्मान र कदर गर्दर्छौं

वि.सं.२०८० असोज २९ सोमवार

1.4K 

shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीले मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानप्रति उच्च सम्मान र कदर गर्ने बताएका छन् ।
रास्वपाद्वारा मूल दस्तावेज निर्माणका लागि सुझाव लिन आज यहाँ आयोजित ‘नीति मन्थन’ कार्यक्रममा उनले विषय केन्द्रित कटाक्ष गरे पनि परिवर्तनमा अन्य राजनीतिक दलका नेताको योगदानलाई अवमूल्यन नगरेको स्पष्ट पारे ।
“यो परिवर्तनमा आफ्नो सिङ्गो जीवन राजनीतिमा बिताएका नेताप्रति कटाक्ष गरेको मात्र धेरैले सुन्नुभएको छ होला”, सभापति लामिछानेले भने, “विषय केन्द्रित कटाक्ष हुन सक्लान् तर समग्र मुलुकको परिवर्तनका लागि उहाँले गर्नुभएको योगदानलाई अवमूल्यन गर्ने आँट, साहस र योजना छैन । उहाँहरूको योगदानलाई उच्च सम्मान र कदर गर्दछौँ ।”
नीति मन्थन कार्यक्रमबारे जानकारी दिँदै उनले विभिन्न क्षेत्रका विज्ञलाई पार्टीमा आबद्ध गराउने हुटहुटी नभएको समेत बताए । उनले भने, “विज्ञताले पनि दलीय छाप लगाउनुपर्ने परिस्थितिका बीच हामी उभिएका छौँ । तर हामी हाम्रो पार्टीको छाप लगाइदिने हैन, उहाँहरूको विज्ञतालाई समावेश गरेर मात्र अघि बढने निधो गरेका छौँ ।”
सभापति लामिछानेले सुधारसहितको पार्टी दस्तावेज निर्माणमा लागिपरेको बताए । “समाज यथास्थितिमा रहिरहन्छ भन्ने परिकल्पना गरेर राजनीतिक दलहरू खुल्दैनन्, विचार नीति बन्दैनन् । यो यस्तै रहिरन्छ भनेर हैन यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर हामीले अगाडिको बाटो तय गर्नुपर्ने हुन्छ । कुनै राजनीतिक आग्रह, पूर्वाग्रह नराखीकन हामी परिपक्व हुने बाटोमा लागेका छौँ”, उनले भने ।

वि.सं.२०८० असोज २९ सोमवार ११:३५ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...