back
CTIZAN AD

दलित परिवारलाई घर हस्तान्तरण

वि.सं.२०८० कात्तिक १ बुधवार

1.2K 

shares

सिराहा । सिराहाको कर्जन्हा नगरपालका-४ स्थित भुल्केमा दश दलित परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ । नगरपालिका र भवानी एकीकृत विकास केन्द्रको सहयोगमा तीन कोठा र एक शौचालयसहितको घर हस्तान्तरण गरिएको हो ।

सुरुवातमा दश घर हस्तान्तरण गरिए पनि निर्माणको क्रममा रहेका अन्य ५५ घर दलित परिवारलाई हस्तान्तरण गरिने नगर प्रमुख भोलाप्रसाद पोखरेलले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका दलित परिवारलाई पालिकाले केन्द्रसँग समन्वय गरी पक्की घर निर्माण गरेको उनको भनाइ थियो ।

“नमुना बस्तीकारुपमा विकास गर्ने योजना अनुसार दलित परिवारका लागि पक्की घर बन्दैछन् । पहिलो चरणमा १० परिवारलाई घर हस्तान्तरण गरिएको छ”, नगर प्रमुख पोखरेलले भने, “बाँकीका लागि ५५ घर निर्माणको क्रममा छन् । छिट्टै नवनिर्मित घर हस्तान्तरण गरिने छ ।”

आर्थिक रुपमा कमजोर रहेका दलित वर्गको उत्थानका साथै उनीहरुको सहज जीविकोपार्जनका लागि नगरपालिकाले क्रमिक रुपमा कार्य गर्दै आएको उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठले बताइन् ।

यहाँका दलित परिवारले पक्की घर पाएपछि नगरपालिका र संस्थाका प्रतिनिधिलाई धन्यवाद व्यक्त गर्दै खुसी मनाएका छन् ।
रासस/सांकेतिक फोटो

वि.सं.२०८० कात्तिक १ बुधवार १२:४७ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...