back
CTIZAN AD

नेपालले जितका लागि साउदीलाई दियो ३ सय ४८ रनको विशाल लक्ष्य

वि.सं.२०८० कात्तिक २ बिहीवार

1.2K 

shares

काठमाडौँ । एसिसी यु-१९ प्रिमियर कप क्रिकेट प्रतियागिताअन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई जितका लागि ३ सय ४८ रनको विशाल लक्ष्य दिएको छ ।

आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रनको योगफल बनायो । नेपालका अर्जुन कुमालले सर्वाधिक १ सय ४२ रनको योगदान दिए । उनले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको शतकीय इनिङ खेले । यस रनसँगै अर्जन नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बने ।

यसअघि नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने कुशल मल्लका नाममा थियो । गत असोजमा चीनमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्धको खेलमा उनले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा अविजित रहेका थिए ।

त्यसैगरी आकाश त्रिपाठीले ९० रन बनाए भने दीपक बोहराले २९ रन जोडे । दीपकप्रकाश डुम्रेले १४ रन जोडे । मिलन बोहराले ९ रन बनाए भने दीपेश कँडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले समान दुई/दुई विकेट लिए भने जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले समान एक/एक विकेट लिए ।

फाइल फाेटाे

वि.सं.२०८० कात्तिक २ बिहीवार १२:१९ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...