back
CTIZAN AD

गाजामा प्रवेश गर्नका लागि सीमित सङ्ख्यामा ट्रकहरूलाई अनुमति दिइने

वि.सं.२०८० कात्तिक २ बिहीवार

1.5K 

shares

गाजापट्टी, प्यालेष्टिनी अधिनस्थ क्षेत्र । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्याउन अनुमति दिने एक सम्झौता सुरु गरेका छन् । गाजाबाट इजराइली हमलाका बीच १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडी भागेका छन् ।

इजराइलमा प्रत्यक्ष भेटवार्ता र इजिप्टसँग गहन टेलिफोन वार्तापछि इजिप्टबाट गाजामा प्रवेश गर्नका लागि बन्द भएको रफाह पार गर्न शुक्रबारदेखि सीमित सङ्ख्यामा ट्रकहरूलाई अनुमति दिइने बाइडेनले बताए ।

अक्टोबर ७ यता गाजामा प्रवेश गर्ने यो पहिलो अन्तर्राष्ट्रिय राहत हुनेछ । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजराइलमा आक्रमण गर्दा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयको मृत्यु भएको छ भने हमासले करिब दुई सयलाई बन्धक बनाएको छ ।

त्यसयता इजराइलले प्यालेस्टिनी क्षेत्रलाई घेरा हालेको छ र हवाई हमला सुरु गरेको छ । साथै प्यालेस्टिनी क्षेत्रमा नाकाबन्दी लगाएको छ र अपेक्षित जमिन आक्रमणको तयारीका लागि दशौँ हजार सेनालाई सीमामा परिचालन गरेको छ ।

संयुक्त राष्ट्रसङ्घ र मानवतावादी समूहहरूले गाजामा सैन्य पकडलाई कम गर्न पानी, खाद्यान्न, इन्धन र औषधिहरूको आपूर्तिको अनुमति दिन आग्रह गरेका छन् ।

राष्ट्रसङ्घीय मानवअधिकारवादी शीर्ष अधिकारी मार्टिन ग्रिफिथ्सले बुधबार गाजामा स्थिति गम्भीर रहेको भन्दै घाइतेले अस्पताल भरिएको, तीन हजार गाजाबासी मारिएको र १२ हजार पाँच घाइते भएको बताए । “मृत्यु, पीडा र विनाशको गतिलाई बढाइँचढाइँ गरेर भन्न सकिन्न”, उनले भने ।

विनाशका बावजुद गाजामा प्रवेशका लागि इजिप्टतिरको सीमा क्षेत्रमा एक सयभन्दा बढी ट्रक लाइन लागेका छन् ।

इजराइलले सहायता सामग्री पुर्याउने निहुँमा हतियार हमासको हातमा पुग्न सक्ने चिन्ता व्यक्त गरेको छ । दशकौँदेखिको सङ्घर्षको यो चरण सुरु भएपछि इजराइलले सीमापार क्षेत्रमा कयौँ हवाई हमला गरिसकेको छ ।

सीमामा नियन्त्रण गरेको इजिप्टलाई प्रवेशद्वार खोल्दा दशौँ हजार शरणार्थी आफ्नो भूमिमा आउने चिन्ता छ । अमेरिकी राष्ट्रपति बाइडेनले सुरुमा करिब २० वटा ट्रक गाजामा प्रवेश गर्ने र सबै पक्षबीच सहमति भए अरु ट्रक पठाइने बताए ।

“हामी सम्भव भएसम्म धेरैभन्दा धेरै ट्रकलाई बाहिर पठाउन चाहन्छौँ”, उनले भने, “यदि हमासले ट्रकलाई नियन्त्रणमा लिन्छन् र लक्षित स्थानमा पुर्याउन दिँदैनन् भने ट्रक पठाउने काम यहीँ बन्द हुन्छ, हामी हमासलाई कुनै पनि मानवीय सहायता पठाउने छैनौँ ।”

इजराइली अधिकारीहरूले डेलिभरी खाद्यान्न, पानी र औषधिसम्म सीमित हुने भन्दै उक्त सामग्रीको प्रयोग हमासले गर्ने छैन भन्ने सर्त भएको बताएका छन् ।

राष्ट्रसङ्घीय अधिकारी ग्रिफिथ्सले गाजामा मानवीय सहायता पूरा गर्नका लागि प्रतिदिन एक सय ट्रकको आवश्यकता रहेको बताए ।
एएफपी

वि.सं.२०८० कात्तिक २ बिहीवार १२:०२ मा प्रकाशित

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...