back
CTIZAN AD

रातोमाटो र कमेरोले घर रंग्याउने चलन हराउँदै

वि.सं.२०८० कात्तिक २ बिहीवार

1.2K 

shares

डम्मर बुढा मगर, ढोरपाटन (बागलुङ) । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा दसैँको बेला घर रंगाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र कमेरो निकाल्न भ्याइनभ्याइ हुन्थ्यो । तर, अहिले त्यो चलन हराउँदै गएको छ ।

रातोमाटो र सेतो कमेरोले पोतिने घर आयातित रङले सजिसजाउ हुन थालेका छन् । उतिबेला माटो र कमेरो निकाल्ने ठाउँ झाडीले ढाकिएका छन् ।

गाउँमा खर र ढुंगेघर विस्थापित हुँदै गएपछि रातोमाटो र सेतो कमिरोले घर पोत्न छोडिसकेको गलकोट नगरपालिका–९ का ७३ वर्षीय जितबहादुर खत्रीले बताए । घर पोत्न थालेपछि गाउँमा दसैँको रौनक नै बेग्लै हुन्थ्यो। तर, अहिले त्यो रौनक निकै कम भएको उनको भनाइ छ ।

पहिलेको तुलनामा अहिले दसैँको रौनक पनि हराउँदै गएको छ । रातोमाटो र कमेरो गाउँ पहिचानसँग जोडिएको छ । गाउँमा ढुंगा, माटो, काठ र घरले बनेका घर बिस्तारै हराउँदै छन् । अचेल माटो, काठ र ढुंगाको सट्टा फलामका रड, जस्तापाता र सिमेन्ट प्रयोग हुने गर्छन्। यसले ग्रामीण क्षेत्रको मौलिकता हराउँदै गएको छ ।

एक दशक अघिसम्म बागलुङका कमै मात्र गाउँ मोटरबाटोले जोडिएका थिए । अहिले सडक नपुगेको गाउँ छैन । गाउँमा सडक पुगेपछि स्थानीयले कंक्रिटका आधुनिक घर बनाउन थालेका छन् । इनामेल, चुनालगायतले घरमा रङ प्रयोग गर्ने गरेको पाइन्छ ।

हरेक दिन गाउँमा मौलिक घर विस्थापित हुन थालेपछि बुढापाका चिन्तित बनेका छन् । जिल्लाका पालिकाले पनि धमाधम मौलिकता बोकेका खरको घर विस्थापित गरिरहेका छन् । बजारकै जस्ता घर गाउँमा बनेपछि पहिचान गुम्ने जोखिम बढेको छ । स्थानीयले गाउँकै स्रोत साधान प्रयोग गरेर मौलिकतालाई जोगाउनु पर्ने खत्रीले बताए । देखासिकी र प्रविधिको विकासले परम्परा जोगाउन नसकिने अवस्था आएको भन्दै सरोकारवाला निकायले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

रातोमाटो र कमेरो बिक्री हुन छोडेको निसीखोला गाउँपालिकाकी तिलकुमारी सुनारले बताए । वर्षौँदेखि माटो र कमेरो बेचेर जीविकोपार्जन गरिरहेका उनी गाउँमासमेत पक्की घर बन्न थालेपछि माटो बिक्री गर्न मुस्किल भएको बताउँछन् ।

‘कच्ची घरमा पनि बजारबाट रातो रङ लिएर लगाउन थालेका छन्, पहिले एकै दिनमा १७र१८ घरमा माटो पु¥याउने गर्थे, अहिले दुईरतीन घरबाट पनि माग आउँदैन,’ सुनारले भने, ‘दशैँ आएको छ, माटो कसैले किन्दैनन्, कहीँबाट पैसा पनि आउँदैन ।’

स्थानीय मीनकुमारी पौडेलले बेला रातोमाटो र कमेरोले घर लिपपोत गरेपछि मात्रै जमरा राख्ने चलन रहेकामा सो हराउँदै गएको बताइन् । नयाँ पुस्ताले सबै सजिलो र राम्रो खोज्न थाल्दा पुराना परम्परा हराउँदै गएको उनको भनाइ छ । पहिले विद्यालयका भवन पनि माटो र काठेले बनेको हुँदा दशैँका बेला माटो र कमेरोको माग निकै हुने गरेकोमा अहिले सबै भवन पक्की बनेकाले त्यसको आवश्यक नपर्ने उनी बताउँछिन् ।

‘घरभन्दा परको हाम्रो बारीमा सेतो कमेरो पाइन्थ्यो, दशैँका बेला त्यहाँ ठूलो भीड हुन्थ्यो, एक बोरा कमेरो ल्याउन मान्छेले घण्टौँ कुर्नुपर्थ्यो,’ उनले भने, ‘त्यस बेला त स्कुलमा पनि कमेरो लगाउने चलन थियो, विद्यार्थी लाइन लगाएर आउँथे, रमाइलो पनि हुन्थ्यो । तर अहिले विद्यालय पनि सिमेन्टबाट बनेका छन्, त्यही भएर माटो कमेरो चाहिँदैन ।’
रासस

वि.सं.२०८० कात्तिक २ बिहीवार ११:३७ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...