back
CTIZAN AD

विपद् जोखिम न्यूनीकरणमा सहकार्य गर्न नेपाली र चिनियाँ अधिकारीबीच छलफल

वि.सं.२०८० कात्तिक २ बिहीवार

1.6K 

shares

बेइजिङ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषयमा सहकार्य गर्न नेपाल र चिनियाँ अधिकारीबीच छलफल भएको छ । चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डल र चीनको आपत्कालीन व्यवस्थापनसम्बन्धी निकायका अधिकारीबीचको छलफलमा जोखिमका पूर्वानुमान गर्ने, खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धि गर्नेलगायत विषयमा कुराकानी भएको थियो ।

नेपाल र चिनियाँ अधिकारीबीच जोखिमको अनुगमन, भू-उपग्रहमार्फत तस्वीर खिचेर बाढी पहिरो, डढेलोजस्तो प्रकोपको पूर्वसूचना प्रणाली सञ्चालनमा ल्याउने तथा आपत्कालीन स्थितिमा खटिनुपर्ने खोज तथा उद्धार टोलीलाई क्षमता अभिवृद्धि गर्ने, नेपाल सरकारको गृह मन्त्रालय, प्राधिकरणलगायत सरोकारवाला निकायका कर्मचारीको क्षमता अभिवृद्धि गर्नेबारेमा छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

सो क्रममा बेल्ट एण्ड रोड इनिसियटिभ (बिएरआई)का कामसँगै जोखिम न्यूनीकरण र आपत्कालीन व्यवस्थापनका लागि एशियाली क्षेत्रमा सहकार्य गर्नेबारेमा छलफल भएको उनको भनाइ थियो । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाल भ्रमण गरेका बेला दुई देशबीच सोसम्बन्धी समझदारी भएको थियो ।

छलफलमा नेपालका तर्फबाट गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेललगायत तथा चीनका तर्फबाट त्यहाँको आपत्कालीन व्यवस्थापन मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।

नेपाली प्रतिनिधिमण्डलले २०७२ सालको भूकम्प पछाडि चीन सरकारले तत्काल राहत तथा उद्धार एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणमा गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गरेको थियो । सो अवसरमा नेपाली प्रतिनिधिमण्डलले बहुप्रकोपको जोखिम आँकलन गर्ने तथा आपत्कालीन अवस्थामा निर्देशन दिने ‘कमाण्ड सेन्टर’ अवलोकन गरेको थियो ।

रासस /फाइल फोटो

वि.सं.२०८० कात्तिक २ बिहीवार १३:५८ मा प्रकाशित

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...