back
CTIZAN AD

प्रदेश सरकारद्वारा खाद्य उत्पादनमा योगदान पुराएका आठ किसान पुरस्कृत

वि.सं.२०८० कात्तिक ४ शनिवार

1.2K 

shares

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ । विश्व खाद्य दिवस पारेर प्रदेश सरकार कृषि मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले खाद्य वस्तुमा योगदान गरेका विभिन्न क्षेत्रका आठजना किसानलाई पुरस्कृत गरेको हो ।

कृषि प्रविधिको प्रयोग गरी उत्पादन र उत्पादकत्व बढाएका किसानलाई निर्देशनालयले नगद रकमसहित सम्मान गरेको हो । रुपन्देही, पश्चिम नवलपरासी, बर्दिया, रोल्पा, पाल्पा र दाङका खाद्यान्न, तरकारी, मसलाजन्य बाली र मौरीपालक किसान पुरस्कृत भएका छन् । प्रादेशिक कृषिजन्य खाद्य वस्तुको प्रतिव्यक्ति उपलब्धतामा दलहन र तेलहन बालीमा करिब दश प्रतिशतले न्यून रहेको तथ्याङ्क छ ।

प्रदेशको कूल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २९ दशमलव ४० प्रतिशत रहेको छ । प्रदेशको ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जमिनमध्ये पाँच लाख ३५ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ ।

सिँचाइ प्रदेशलाई कृषिजन्य खाद्यवस्तुमा आत्मनिर्भर बनाउने गरी कार्य भइरहेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव यामनारायण देवकोटाले बताए । खाद्यवस्तुहरुमा दिगो पहुँच र उपभोग वृद्धिमार्फत खाद्य तथा पोषण सुरक्षा हासिल गर्ने मन्त्रालयको लक्ष्य राखिएको समेत उनले जानकारी दिए ।

उत्पादन र उत्पादकत्व बढाउन गुणस्तरीय बीउ, सिँचाइ सुविधा र मलखादको आवश्यकता पर्दछ । तर किसान ती कुराबाट विमुख छन् । लुम्बिनी प्रदेशमा खाद्य सुरक्षका लागि जलवायु परिवर्तन, रोग किराजन्य महामारी, कृषि सामग्रीमा सीमित पहुँच, बजार पहुँच सीमितको हुनुजस्ता चुनौती रहेका छन् ।

वि.सं.२०८० कात्तिक ४ शनिवार १३:२५ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...