काठमाडाैँ । महोत्तरीको सदरमुकाम जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढ़ा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार रहेका छन् ।
आइतबार दिउँसो जलेश्वर नगरपालिका वडा नं. ७ वखरी चोक स्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बसबाट उनलाई नियन्त्रणमा लिएको हो ।
बसलाई रोकेर चेकजाँच गर्दा पंजियारको साथबाट स्रोत नखुलेको १३ लाख २० हजार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
फाइल फाेटाे
वि.सं.२०८० कात्तिक १३ सोमवार ०९:५४ मा प्रकाशित






























