काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफुखुसी गैरहाजिरी रहेका २२ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ ।
प्रहरी कार्यालयले सोमबार एक सूचना जारी गर्दै आफुखुसी रुपमा कार्यालयमा गैरहाजिर रहेका र खोज तलास गराउँदा समेत प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि कार्यालयमा सम्पर्क हुन नआएपछि यस्तो सूचना जारी गरेको हो ।
सूचना प्रकाशित भएको सात दिनभित्र आफु गैरहाजिरि रहनुको कारण खुलाई सन्तोषजनक स्पष्टीकरण जवाफ सहित कार्यालयमा हाजिर हुन नआए प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने गरी कारबाही हुने समेत सूचनामा उल्लेखछ ।

वि.सं.२०८० कात्तिक १३ सोमवार ११:३५ मा प्रकाशित




























