back
CTIZAN AD

जिपी फाउण्डेशन अमेरिकाका अध्यक्ष घिमिरे मानवीय पुरस्कार ग्लोबलबाट सम्मानित

वि.सं.२०८० कात्तिक १३ सोमवार

2.5K 

shares

अक्रा, घाना । गिरीजाप्रसाद कोइराला (जिपी) फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे मानवीय पुरस्कार ग्लोबलबाट सम्मानीत भएका छन् ।

परिवर्तनका निर्माताहरू, स्वयंसेवक नेताहरू, गैरसरकारी संस्थाहरू, परोपकारीहरू, समजमा सहयोग गर्ने कम्पनीहरू वा निगमहरू र मानवसेवी पेशेवरहरूलाई पहिचान गर्न, सम्मान गर्न र मनाउन स्थापना गरिएको मानवीय पुरस्कार ग्लोबल घानाले घिमिरे नेतृत्वको संस्थाले कोरोना कहरमा खेलेको भूमिकाको सम्मान स्वरुप प्रदान गरेको हो । मानवीय पुरस्कार ग्लोबल घानाले प्रत्येक वर्ष विश्वभरिबाट समाजमा सकारात्मक प्रभाव पारेका मानिसहरुलाई छनौट गरेर यो पुरस्कार दिँदै आएको छ । यस बर्षमा मानवीय पुरस्कार ग्लोबलले विश्वभरिबाट ४८ जनालाई सम्मान गरेको थियो ।

मानवीय पुरस्कार ग्लोबलका प्रबन्ध निर्देशक रेन्डी डन्क्वाहले भने ‘सोमनाथ घिमीरेको नेतृत्वमा गिरीजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले बिषेश गरी कोरोना कहरका बेला, तपाईंको निस्स्वार्थ समर्पण र प्रेरणाको कारण, धेरै क्षेत्रहरूको र समुदायहरुको समर्थनमा, मानवीय पुरस्कार ग्लोबलको व्यवस्थापनले तपाईंलाई तपाईंको उपलब्धिहरूको लागि तपाईलाई ‘मानवीय पुरस्कार ग्लोबल’ बाट सम्मानित प्रदान गर्न पाउँदा हामीलाई गर्व लागेको छ । तपाईले समाजमा खेल्नु भएको मानवीय कार्यको उच्च प्रशंसनीय छ र निरन्तरताको पनि कामना छ ।” अगाडि भन्छन् ‘हाम्रो यस अनुरोधलाई विचार गर्दै स्वीकार गरिदिनु भएकोमा हामी आभारी छौ र तपाईलाई घानामा स्वागत र सम्मान गर्न पाउँदा निकै हर्षित भएका छौं ।’

अक्रा, घानामा संचारकर्मीहरुसँग कुराकानी गर्दै घिमीरेले विश्वव्यापी मानवीय पुरस्कार समारोहमा सामेल हुन पाउँदा गौरव लागेको बताए । आफ्नो जीवनकालको उपलब्धि, ‘रूपान्तरण नेतृत्व पुरस्कार” प्राप्त गर्दै गर्दा यो पुरस्कारले अब नेपाल, अमेरिका र अफ्रिकी राष्ट्रहरु बिच पुलको निर्माण हुने विश्वास व्यक्त गरे । यी देशहरु बिच शान्ति, समृद्धि र प्रगतिको पुल निर्माण गर्नलाई एउटा बाटो खुलेको धारणा राखे । घिमिरेले अब छिट्टै घाना, नाईजेरिया, सेनेगल, बेनिन, टोगो, कोर्टे ड्वायर र बुर्किना फासोमा गिरीजा प्रसाद कोईराला फाउण्डेशन स्थापना के कसरी गर्ने भन्ने बारे ति देशका सम्मानित व्यक्तीहरु सँग बिषेश छलफल भएको बारे जानकारी गराएका थिए ।

गिरीजाप्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई महामहिम महेर खीर घानाका लागि लेबनानका राजदूतले “रूपान्तरण नेतृत्व पुरस्कार” सम्मान गरेका थिए । अध्यक्ष घिमीरे २०२३ को यो सम्मान पाउने एक मात्र नेपाली अमेरिकन हुन ।

सोमनाथ घिमीरे विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार हुन । मानवीय पुरस्कार ग्लोबलकी आयोजक विसडम डोर्डोले अध्यक्ष घिमीरेले समाजमा नेतृत्व गर्दै रूपान्तरण ल्याउन सफल भएको र उनले गरेका कार्यहरुको विभिन्न अफ्रिकन मिडिया, पत्र पत्रिका र सामाजिक सञ्जालहरुमार्फत प्रकाशन गरिने जानकारी गराउँदै उनले संस्थाहरुसँग साझेदारी गर्न आफूहरु तत्पर रहेको बताए ।

 

वि.सं.२०८० कात्तिक १३ सोमवार ११:३८ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...