काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले शैक्षिक संस्थाहरुको प्रशासनिक तथा भौतिक सुविधा विकास, अनुसन्धान, पूर्वाधार, तथा संस्कृतिको विकास र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन लगायतका शिक्षा क्षेत्रको समग्र गुणस्तर विकासका लागि कार्यक्रम संचालन गर्ने भएको छ ।
उक्त कार्यक्रम २०८०/०८१ संचालनका लागि सरोकारवाला संस्थाहरुले तल उल्लेखित कार्यक्रमका लागि आयोगको कार्यक्रम कार्यविधि २०८० मा तोके बमोजिमको ढाचामा रहि छुट्टाछुट्टै आवेदन र प्रस्ताव उल्लिखित समयसीमाभित्र पेश गर्न सूचना जारी गरेको छ ।

वि.सं.२०८० कात्तिक १३ सोमवार ११:५२ मा प्रकाशित






























