महोत्तरी । स्रोत नखुलेको १३ लाख बढी रकमसहित एक व्यक्ति पक्राउ परेका छन् ।
जलेश्वर नगरपालिका–७ बखरी चोकबाट १३ लाख २० हजार रूपैयाँसहित भारत सितामढी थाना बेला पंचायत बस्ने ४० वर्षीय अरूण पंजियारलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले सम्सीबाट जलेश्वरतर्फ आउँदै गरेको ना.३ ख २८७८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पंजियारलाई उक्त नगदसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०८० कात्तिक १३ सोमवार १२:०६ मा प्रकाशित






























