back
CTIZAN AD

आइसिसी टी–२० विश्वकप छनोट : युएईद्धारा बहराइन पाँच विकेटले पराजित

वि.सं.२०८० कात्तिक १३ सोमवार

1.5K 

shares

काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह बी को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले बहराइनलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । बराइनले दिएको १३६ रनको लक्ष्य युएईले १८ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । यस जितसँगै युएईले प्रतियोगितामा दुई अङ्क जोडेको छ ।

युएईका लागि अलि नासिरले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा चार चौका र तीन छक्काको मद्दतमा अविजित ४८ रन बनाएका हुन् । त्यस्तै आशिफ खानले २३ रनको योगदान दिए भने कप्तान मोहम्मद वसिमले ११ रन बनाए । बसिल अहम्मदले ११ जोडे । बहराइनका लागि रिजवान बुट्टले दुई विकेट लिए भने साथिया विरापाथिरन, अब्दुल मजिद र सचिन कुमारले समान एक÷एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रनको योगफल बनाएको थियो । बहराइनका लागि हैदर बुट्टले सर्वाधिक ५९ रन बनाए । उनले ४३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५९ रन बनाएका हुन् । त्यस्तै जुनेद अजिजले २५ रन जोडे भने सोहिल अहम्मदले २८ रन बनाए ।

युएईका लागि जुनेद सिद्धिगी र आयान अफजल खानले समान दुई, दुई विकेट लिए भने अलि नासिर र कार्तिक मैइएप्पनले समान एक÷एक विकेट झारे ।

 

वि.सं.२०८० कात्तिक १३ सोमवार १४:१४ मा प्रकाशित

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका...

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी...

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई...