back
CTIZAN AD

भारतले कतारमा हिरासतमा रहेका आठ भारतीयको सुरक्षित रिहाइको प्रयास गर्ने

वि.सं.२०८० कात्तिक १३ सोमवार

1.1K 

shares

नयाँदिल्ली । भारतीय विदेशमन्त्री एस जयशङ्करले कतारमा हिरासतमा रहेका आठ भारतीयका परिवारसँग भेटेर उनीहरूको रिहाइका लागि सबै प्रयास गरिने आश्वासन दिएका छन् ।

सरकारले उक्त विषयलाई उच्च महत्व दिएको भन्दै उनले यस सम्बन्धमा परिवारहरूसँग निकटताका साथ समन्वय गर्ने बताए ।

“आज बिहान कतारमा हिरासतमा लिइएका आठ भारतीय परिवारसँग भेट गरेँ, सरकारले उक्त मामिलालाई उच्च महत्व दिएकोमा जोड दियो, परिवारसँग चिन्ता र पीडा बाँडे, सरकारले उनीहरूको रिहाइका लागि सम्पूर्ण प्रयास जारी राख्ने बताएँ, सो सम्बन्धमा परिवारहरूसँग निकटताका साथ समन्वय गरिनेछ”, विदेशमन्त्री जयशङ्करले एक्समा भने ।

कतारको फर्स्ट इन्सटेन्स अदालतले दोहामा हिरासतमा लिइएका आठ पूवैनौसैनिक अधिकारीहरूलाई मृत्युदण्डको फैसला सुनाएपछि विदेशमन्त्रीको सो भनाइ आएको हो ।

यसअघि भारतीय विदेश मन्त्रालयले कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भन्दै विस्तृत फैसलाको प्रतीक्षा गरिरहेको बताएको थियो ।

नयाँ दिल्लीले आठ भारतीयलाई कन्सुलर पहुँच प्रदान गरेको थियो । साथै उनीहरूको रिहाइका लागि काम समेत गरिरहेको थियो । (रासस/एएनआई)

वि.सं.२०८० कात्तिक १३ सोमवार १९:३९ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...