‘उपाय छ भने बचाईदिनुस म बाँच्न चाहान्छु’ २६ बर्षिय एक युवतीले धरधर्ती आशु चुहाउँदै यसो भनेपछि कसको मन रुँदैन र, केहि दिन अगाडी राष्ट्रिय किड्नी सेन्टर बालाजुमा भेटीएकी उनले संसारन्यूजसँग भनिन् ‘म बाँचेर केहि गर्न चाहान्छु ।’
हुनत पछिल्ला दिनमा यस्तो भन्ने मानिसको संख्या नेपालमा बढ्दै गएको छ । तर स्मृतिको आर्थिक अवस्था र उनका अभिभावकको प्रयास हेर्दा असहज र जटिलताका बिच उनको केयर भैरहेको देखिन्छ । छोरीको उपचारका क्रममा ऋणले थला परेका उनका बाबु मानबहादुर सार्की भन्छन् ‘म गरीब मानिस हजुर जतिसक्दो गरेकै छु, अहिलेसम्म कसैलाई भन्ने र गुहार्ने चाहना पनि थिएन । अब त भनँु की मुख खोलु की भन्ने अवस्थामा पुगेँ ।’
काठमाण्डौ जिल्ला नागार्जुन नगरपालिका वडा न ८ गोरेगाउ भिमढुंगा बस्ने २६ बर्षिया स्मृती मगरातीका बाबु मानबहादुर र उनकी आमा साबित्रि ज्याला मजदुरी गरेर जीवनयापन गरीरहेका छन् । २०७४ देखि नै छोरीको दुवै किड्नीमा समस्या आएपछि उनले उपचारका लागी भरमग्दुर प्रयास गरे । छोरीको बाँच्ने रहर पुरा गर्न उनले सकेसम्म आफनै जेथा सम्पतिको उपयोग गरे । मृगौला प्रत्यारोपणका लागी प्रक्रियामा जाँदै गर्दा उनले बनस्थलीबाट डायालिस गराएर छोरीलाई भीमढुंगा पु¥याउने गरेका छन् ।
दयालु र सहयोगी मनहरु खोज्न उनले वडा कार्यालयको शिफारीस, नागरीकता, किड्नी सेन्टरको कागज र परीचयपत्र समेत तयार गरी छोरीको नाममा बैक खाता समेत सञ्चालन गरिएको छ । वडाको शिफारीसमा भनिएको छ ‘मानबहादुर सार्कीको छोरी स्मृति मग्राती बिगत २०७४ असार महिनादेखि दुवै मृगौला फेल भै उपचाररत रहेको र उपचार महगों परेको कारण आर्थिक सहयोग जुटाईदिन शिफारीसका साथ अनुरोध गरीएको छ ।’
निज स्मृतिको पारीवारीक अवस्था र उपचारबारे स्थानीय समाजसेवी हरीशरण बरुवाल पनि चिन्ता ब्यक्त गर्दै भन्छन् ‘हामीले पुर्व सचिव तथा वरीष्ठ समाजसेवी भीम उपाध्याय सर लगायतलाई पनि यो बिषयमा अनुरोध गर्ने भनेका छौ ।’ उपाध्याय धेरै विपन्न नागरीकहहरुको पक्षमा सहयोग जुटाउदै आएका छन् ।
स्मृतिको परीवारले बुवा मान बहादुर (९८४४३४१७१३), आमा साबित्रि मग्राति(९८६६४०७६६६) र बिरामी स्मृति (९८१३९५६९६७) मा सम्पर्क गरी स्मृति मग्रातीको नाममा ग्लोबल आईएमई बैकको खाता नं १६३०७०१००१४१०० (Smriti Magrati Global Ime Bank 16307010014100 ) मा जम्मा गरी सहयोग पुयाउन सकिने बताएको छ ।
वि.सं.२०८० कात्तिक १६ बिहीवार ११:०१ मा प्रकाशित






























