back
CTIZAN AD

संघीयता नै खारेज हुन्छ कि भन्ने डर भइसक्यो–अध्यक्ष यादव

वि.सं.२०८० कात्तिक १६ बिहीवार

1.6K 

shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशबाट संघीयता नै खारेज हुने हो कि भन्ने डर भइसकेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष यादवले राजनीतिक दलहरुको व्यवहारका कारण संघीय गणतन्त्र कसरी टिक्ने र संस्थागत कसरी हुन्छ भन्ने गम्भीर प्रश्न रहेको समेत बताए ।

अध्यक्ष यादवले संविधान जारी भएको ८ वर्ष वितिसकेको भन्दै आठवर्ष अगाडि त्रुटीपूर्ण भनेर संघीय प्रणालीसहित घोषणा गरिएको बताए । ‘त्यहि त्रुटीपूर्ण घोषणा गरिएको संविधानको प्रदेशहरुलाई अहिलेसम्म संघीय निजामति ऐन निर्माण गरिएन । संघीयता खारेज गर्नै परेन । यतैबाट खारेज गरिदिन्छन् कि जस्तो छ ।’

उनले आठ वर्षसम्म संघीय ऐन नबनाउनु, प्रहरी ऐन बनेको धेरैवर्ष भइसक्दा पनि कार्यान्वयन नहुनु, प्रदेशहरुलाई अधिकार, कानुन र कार्य गर्ने आवश्यक जनशक्ति समेत नदिने अवस्थाले कसरी संघीय गणतन्त्र टिक्छ र कसरी संस्थागत हुन्छ भन्ने गम्भीर प्रश्न रहेको छ ।’ उनले भने ।

अध्यक्ष यादवले संसदको चालु अधिवेशनले आर्थिक विधेयक, विनियोजित विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, अनैतिक लेनदेन र एउटा गैरसकारी विधेयक मात्र पास गरेको बताउँदै नेपालको संसदीय इतिहासमा सबैभन्दा कम विधेयक पारित गर्ने यो अधिवेशन रहेको बताए ।

संसदीय समिति गठन गर्न नै आठ नौं महिना लाग्यो, गतिशील कसरी हुने ? अहिले सम्म संयुक्त संसदीय समिति बन्न सकेको छैन ।

वि.सं.२०८० कात्तिक १६ बिहीवार १५:५८ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...