back
CTIZAN AD

मुख्यमन्त्री कोहलपुर गोल्डकप : धनगढीलाई पराजित गर्दै गोर्खा ब्वाइज विजयी

वि.सं.२०८० कात्तिक १७ शुक्रवार

1.1K 

shares

जानकी (बाँके) । ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल विजयी भएको छ । गोर्खा ब्वाइजले सुदूरपश्चिम-११ धनगढीलाई १-० गोलअन्तरले पराजित गरेको हो ।

खेलको सुरुआतमै मौका पाए पनि गोर्खा ब्वाइजले गोल गर्न सकेन । खेलको ४५औँ मिनेटमा गोर्खा ब्वाइजका शक्ति राईले विजयी गोल गरेका थिए । खेल अवधिभर गोर्खा ब्वाइजले सुदूरपश्चिम-११ लाई दबाबमा राखेको थियो । उक्त खेलमा गोर्खा ब्वाइजकै सहदेव केसी म्यान अफ दी म्याच घोषित भए ।

खेल संयोजक रामबहादुर मल्लका अनुसार आज दिउँसो ३ बजे सेमिफाइनल प्रवेशका लागि चर्च ब्वाइज युनाइटेड र गोर्खा ब्वाइजबीच खेल हुनेछ । कोहलपुरस्थित १३ बिघा मैदानमा बुधबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु आठ लाख र उपविजेताले रु चार लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । खेल अवलोकन गर्न अस्थायी प्यारापिट निर्माण गरिएको छ । उक्त प्रतियोगिता यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।
रासस

वि.सं.२०८० कात्तिक १७ शुक्रवार ०८:२३ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...