back

हज यात्राका लागि आवेदन दिने म्याद थप

वि.सं.२०८० कात्तिक २२ बुधवार

441 

shares

काठमाडौं । नेपाल हज समितिले सन् २०२४ को हज यात्राका लागि आवेदन दिने म्याद थप गरेको छ । नेपाल हज समितिले आज (शुक्रवार) एक सूचना जारी गर्दै हज यात्राका लागि आवेदन दिने म्याद मंसिर १० गतेसम्म थप गरिएको जनाएको छ ।

यसअघि समितिले गत साउन ३० गते सूचना जारी गरेर असोज ३० गतेभित्र आवेदन दिन भनेको थियो । तर यस वर्ष विगतका वर्षहरुभन्दा छिटो हजको आवेदन खुलेकाले मुस्लिम समुदायबाट आवेदनको समय थप गर्न माग हुँदै आएको थियो । सोही माग बमोजिम समितिको कात्तिक २० गते बसेको बैठकले म्याद थप गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।

सन् २०२४ मा नेपालबाट १ हजार २०० जना इस्लाम धर्मावलम्बी हज गर्न मक्का मदिना जान पाउने गरी साउदी अरब सरकारले कोटा तोकिदिएको छ ।

सूचना अनुसार हज गर्न जान चाहने इच्छुक मुस्लिम समुदायले आवेदन फाराम नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट डाउनलोड गर्न सक्नेछन् । सो फारम भरेर आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ताबाफत एक लाख ५० हजार रुपैयाँ बुझाई आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी, राहदानीको फोटोकपी, पहिलो किस्ताबाफत एक लाख ५० हजार रुपैयाँ हज समितिको बैंक खातामा जम्मा गरेको सक्कल भौचर, कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएको प्रमाणपत्र र आवेदकको बैंक खाताको चेकको फोटोकपी पनि पेस गर्नुपर्ने जारी सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना :

वि.सं.२०८० कात्तिक २२ बुधवार ०७:२७ मा प्रकाशित

बङ्लाचुलीमा टेलिकमको एफटिटीएच सेवा

बङ्लाचुलीमा टेलिकमको एफटिटीएच सेवा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बङ्लाचुली...

भूकम्प प्रभावित जाजरकोटसहित १९ जिल्लामा टेलिकमको नमुना सेवा

भूकम्प प्रभावित जाजरकोटसहित १९ जिल्लामा टेलिकमको नमुना सेवा

जाजरकोट । नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुम-पश्चिमसहित १९...

एनसेलको बम्पर पुरस्कार बितरण सम्पन्न

एनसेलको बम्पर पुरस्कार बितरण सम्पन्न

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’...

प्राधिकरणद्वारा २ कम्पनीको अनुमति पत्र खारेज

प्राधिकरणद्वारा २ कम्पनीको अनुमति पत्र खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुई कम्पनीको अनुमति पत्र खारेज...

एनसेलद्वारा एसियाली पारा खेलकुदमा एैतिहासिक पदक विजेता पलेशा गोवर्धनको सम्मान

एनसेलद्वारा एसियाली पारा खेलकुदमा एैतिहासिक पदक विजेता पलेशा गोवर्धनको सम्मान

काठमाडौं । एनसेलले एसियाली पारा खेलकुदमा एतिहासिक पदक विजेता पलेशा...