back

एनसेलको बम्पर पुरस्कार बितरण सम्पन्न

वि.सं.२०८० कात्तिक २२ बुधवार

543 

shares

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३ जना ग्राहकलाई बम्पर पुरस्कार स्वरुप स्कुटर प्रदान गरेको छ ।

बम्पर पुरस्कार जित्न सफल ७ जना ग्राहकहरुमध्ये मंगलबार ३ जना ग्राहकलाई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरि विराटनगर, धनगढी र हेटौडामा स्कुटर हस्तानतरण थगरेको हो ।

विराटनगरस्थित एनसेल सेन्टरमा एक कार्यक्रम बिच अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई सो पुरस्कार हस्तान्तरण गरेकी हुन् । त्यस्तै मंगलबारनै धनगढीस्थित एनसेल सेन्टरमा आयोजित कार्यक्रममा अभिनेत्री केकी अधिकारीले गोमा कुमारी खराललाई उक्त पुरस्कार हस्तान्तरण गरेकी हुन् ।

त्यसैगरी एनसेल सेन्टर हेटौडामा एनसेलका प्रोडक्टस् डाईरेक्टर विशाल नेगीले चितवनकी रिना ढकाललाई पनि सो पुरस्कार हस्तान्तरण गरेका छन् ।

यो योजना एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’ अन्तर्गत संचलान गरिएका कार्यक्रमहरुमध्ये एक हो ।

गत भाद्र ३१ देखि २८ दिनसम्म संचालनमा रहेको सो योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो ।
एनसेलसम्बन्धी उत्कृष्ट नारा पठाउने एक हजार ग्राहकहरुलाई हरेक हप्ता रु १०० बोनस ब्यालेन्स प्रदान गरिएको थियो ।
त्यस्तै यो योजना अन्तर्गत दैनिक रुपमा ग्राहकहरुलाई प्रदान गरिएको स्योर प्राइजहरुमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरु रहेका थिए ।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरुले सर्त अनुसार एनसेलको बारेमा नारा पठाउन पठाएका थिए । यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५ हजारभन्दा बढी नाराहरु प्राप्त गरेको थियो ।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत मूल्याङ्कन र विजेता छनोट गरिएको थियो ।
यस योजना अन्तर्गत एनसेलले बम्पर पुरस्कार स्वरूप ७ जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो भने बाँकी रहेका चार जना विजेताहरुले बम्पर प्राइज कार्तिक मंगलबार र बुधबार प्राप्त गर्नेछन् ।

एनसेलले मंगलबार दिउँसो धनगढी र धरानस्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको छ । यस कार्यक्रममा अभिनेत्री केकी अधिकारीेले धनगढी एनसेल सेन्टरमा र नायिका प्रियंका कार्कीले धरानको एनसेल सेन्टरमा आएका ग्राहकहरुसँग अन्तरक्रिया गर्नुका साथै मंगलबार रु. १०० भन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरुलाई एनसेलका विभिन्न उपहारहरु प्रदान गरेकी एनसेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाईएको छ ।

वि.सं.२०८० कात्तिक २२ बुधवार १४:३६ मा प्रकाशित

बङ्लाचुलीमा टेलिकमको एफटिटीएच सेवा

बङ्लाचुलीमा टेलिकमको एफटिटीएच सेवा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बङ्लाचुली...

भूकम्प प्रभावित जाजरकोटसहित १९ जिल्लामा टेलिकमको नमुना सेवा

भूकम्प प्रभावित जाजरकोटसहित १९ जिल्लामा टेलिकमको नमुना सेवा

जाजरकोट । नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुम-पश्चिमसहित १९...

हज यात्राका लागि आवेदन दिने म्याद थप

हज यात्राका लागि आवेदन दिने म्याद थप

काठमाडौं । नेपाल हज समितिले सन् २०२४ को हज यात्राका...