back
CTIZAN AD

निरवाङ र किन्दु जोड्ने तीन सय ४४ मिटर लामो पुल निर्माण

वि.सं.२०८० कात्तिक २७ सोमवार

1K 

shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका -५ को शिख स्थित स्वाँत खोलामा तीन सय ४४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । शिखको निरवाङ र किन्दु जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि ४५ मिनेटको यात्राअवधि २० मिनेटमा छोटिएको छ । अन्नपूर्ण गाउँपालिका-५ घिरवाङका बासिन्दा अर्जुन चोचाङ्गीले पुल बनेपछि जङ्गल, भिर र खोल्साको घुमाउरो बाटो यात्रा गर्नुपर्ने बाध्यता हटेको र यात्रा अवधि पनि छोटिएको बताए ।

“किन्दुु, धोस्केखोरका बासिन्दालाई माध्यमिक विद्यालय र वडा कार्यालय रहेको शिख पुग्न स्वाँत खोलाको घुमाउरो बाटो प्रयोग गर्दा ४५ मिनेट लाग्ने गरेको थियो”, उनले भने, “पुुल बनेपछि २० यात्रा अवधि २० मिनेटमा छोटिएको छ ।”

पुुलबाट शिख, किन्दु, धोस्केखोरीया, घिरवाङ र पाउद्वारका पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका अन्नपूूर्ण गाउँपालिका-५ का वडाध्यक्ष राजेश तिलिजाले बताए । “सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले ३४४.८ मिटर लामो र एक सय ४० मिटर भन्दा अग्लो झोलुङ्गे पुल ठेक्कामार्फत करिब डेढ करोडको लागतमा निर्माण गरेको हो”, उनले भने, “गत वैशाखदेखि सुरु भएको पुल निर्माण कार्य सकिएपछि यसै महिनादेखि प्रयोगमा आएको हो ।”

पुुल बनेपछि ज्येष्ठ नागरिक र बालबालिकालाई सहज भएको निरवाङका ८० वर्षीय कुुलबहादुुर पुुर्जाले बताए । “गाडीले निरवाङको छेउमा ल्याउने सामान किन्दुका बासिन्दाले बोकेर गाउँमा लैजान्छन । गाडी चढ्न पनि पुल तरेर यही आउँछन्”, उनले भने, “पुल हेर्न वरपरका गाउँबाट दैनिकजसो मानिस आइरहेका छन् ।”

शिखदेखि ढाडखर्क, खोपारा जाने र आउने पर्यटकलाई पनि आवतजावत गर्न सहज भएको छ । किन्दुु, धोस्केखोरका बासिन्दाले उत्पादन गरेको आलु, सिमी बजार पढाउन पुलले सजिलो बनाएको छ । यो अन्नपूर्ण गाउँपालिकाको सबैभन्दा लामो पुल भएको वडा अध्यक्ष तिलिजाले बताए ।

म्याग्दीमा शिखको स्वाँतखोलासहित तीन सय मिटरभन्दा लामो चार वटा झोलुङ्गे पुल निर्माण भएका छन् । यसअघि रघुगङ्गा गाउँपालिका-१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५ दशमलव ८० मिटर, मालिका गाउँपालिका-७ बिमवाङ र धौलागिरि गाउँपालिका-६ रिख जोड्ने तीन सय ५० मिटर र बेनी नगरपालिका-१ रत्नेचौर र बागलुङ नगरपालिका-४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएका थिए ।
रासस /फाइल फोटो

वि.सं.२०८० कात्तिक २७ सोमवार ११:२९ मा प्रकाशित

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...