काठमाडौं । फिफा विश्वकप २०२६को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २–१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो ।
यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको समूहमा यूएईका साथै बहराइन र यमन रहेका छन् ।
वरीयताका आधारमा यूएई बलियो टोली हो । फिफा वरीयता क्रममा यूएई ६९ र नेपाल १ सय ७३औं स्थानमा छ ।
नेपालको दोस्रो खेल भने मंसिर ५ गते घरेलु मैदान दशरथ रंगशालामा हुनेछ ।
अबको आठ महिनामा नेपालले छनोटका ६ खेल खेल्नेछ ।
फाेटाेः एन्फा
वि.सं.२०८० कात्तिक ३० बिहीवार ०८:४६ मा प्रकाशित






























