back
CTIZAN AD

मुख्यमन्त्री चौधरीसँग न्यूयोर्कका नेपालीले गरे ‘मिटिङ एण्ड ग्रिटिङ’ कार्यक्रम

वि.सं.२०८० मंसिर २ शनिवार

1.7K 

shares

अमेरिका ।  अमेरिकाका भ्रमणमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसँग न्यूयोर्कमा रहेका नेपालीले ‘मिटिङ एण्ड ग्रिटिङ’ कार्यक्रम गरेका छन् ।

नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को आयोजनामा गरिएको उक्त कार्यक्रमको संयोजनकारी भूमिका हामी नेपाली ग्लोबलका अन्तर्राष्ट्रिय प्रबक्ता तथा सामाजिक अभियन्ता केशबराम राई र थारू एण्ड प्रेण्डस सोसाइटिका बरिष्ठ उपाध्यक्ष दिपक चौधरीले गरेका थिए ।

न्यूयोर्कको ज्याक्सन हाइटमा सम्पन्न उक्ट मिटिङ एण्ड ग्रिटिङ कार्यक्रममा न्युयोर्क सिटीका मेयर एरिक एडमका सल्लाहकार नवराज केशी, एनआरएन न्यूयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्ल, आदिवासी जनजाति महासँघ अमेरिका (फिप्ना) की महासचिब टोमा लामा प्रवासी नेपाली एकता मन्चका पूर्वअध्यक्ष टेक गुरुङ, तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष बुद्धिमान तामाङलगायत न्यूयोर्कमा रहेका बिभिन्न संघ संस्थाहरूका अध्यक्ष, प्रतिनिधीहरू, पत्रकारहरू लगायत नेपालको पहिचान संग सककधै नजिक रहेका ब्यक्तित्वहरूको उपस्थित रहेको थियो ।

 

 

कार्यक्रममा मुख्यमन्त्री चौधरीले आफुले जीवनमा भोगेका अनुभबहरू र नेपालमा रहेका कमैया प्रचलनलाई उन्मुक्ति गर्नका लागि आफुले खेलेका भूमिकाबारेमा बताएका थिए । नेपालका आदिवासी जनजातिहरूको प्रसंगमा बोल्दै मन्त्री चौधरीले अहिले संसारभर छरिएर बसेका नेपालका आदिबासीहरू संस्कार र संस्कृतिको संरक्षणमा लागेका तर तिनै संस्सार संस्कृतिलाई कसरी सेल गर्न सकिन्छ भन्ने सोचको जनचेतना सबैमा आइनसकेकोले यसतर्फ सबैको ध्यान जानुपर्छ भन्नेमा जोड दिए ।

सोही क्रममा नेपाललाई पैसाको आवश्यकता नभएर उपयुक्त सरसल्लाह र ज्ञानको आबश्यकता रहेकोले नेपालभन्दा बाहिर रहेका सम्पूर्ण नेपालीहरूसंगै जोडिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूले पनि नेपालसँगको सहकार्यमा जोडिनका लागि आफुहरू सदैब तयार रहेको बताउँदै स्वच्छ छबि रहेकाहरूलाई फसाउने अनेकन प्रयासहरू हुनाले यसबाटपनि सचेत रहन मन्त्री चौधरीलाई सुझाव दिएका थिए ।

कार्यक्रममा हामी ग्लोबल नेपालीको अन्तराष्ट्रिय प्रबक्ता केशबराम राइले मुख्य मन्त्री चौधरीलाई स्वागत गर्दै नेपालको तराई क्षेत्रमा हुने बाढी प्रकोप लगायत भुकम्पजस्ता अनपेक्षित प्रकोपबाट भइरहेको मानबीय र प्राकृतिक क्षतिलाई रोक्नका लागि आधुनिक युगको बैज्ञानिक प्रबिधिहरूको प्रयोग गर्नका लागि सुझाब पेस गरे ।

सोही अवसरमा कार्यक्रमकी सभापति तथा संस्थाकी अध्यक्ष इन्दिरा चोङबाङले नेपालमा हुने दाइजो प्रथा, छाउपडी प्रथा लगायत अज्ञानता र अशिक्षाको कारण अकालमै ज्यान समेत गुमाउनुपर्ने अवस्थाको अन्त्यका लागि न्यायोचितरूपमा पर्रिबर्तन ल्याउनुपर्ने बताइन् । चोङवाङले कमैया मुक्तिको एक युग पुरूषको हैसियतले नेपालमा महिलामाथि हँदै आएको बिभेदलाइ पनि सम्बोधन गर्नुपर्ने समेत बताइन् ।

संस्थाकी उपाध्यक्ष मैनासेन बज्रचार्यले संचालन गरेको कार्यक्रममा सदस्य मैया तामाङको स्वागत मन्तव्य रहेको थियो ।

 

 

वि.सं.२०८० मंसिर २ शनिवार ०९:०६ मा प्रकाशित

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

काठानडौँ । धादिङका स्थानीय तहहरूले संविधानप्रदत्त एकल अधिकारको रक्षाका लागि...

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङ । धादिङ जिल्लाका १३ वटै स्थानीय तहले संयुक्त विज्ञप्ति...

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी । गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४...

कोशीका अस्पतालमा रगतको अभावः सामाजिक सञ्जालबाट रक्तदाता खोज्दै

कोशीका अस्पतालमा रगतको अभावः सामाजिक सञ्जालबाट रक्तदाता खोज्दै

विराटनगर । मोरङको सुन्दरहरैचाका ५२ वर्षीय रमेश थापालाई आफन्तको आकस्मिक...

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।...

मुआब्जा विवादले रेल्वेको काम रोकियो

मुआब्जा विवादले रेल्वेको काम रोकियो

जलेश्वर (महोत्तरी) । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ...