back
CTIZAN AD

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

वि.सं.२०८० मंसिर ५ मंगलवार

1.1K 

shares

 

लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ । शनिबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रेम गाहामगरले भावी कार्यक्रमबारे जानकारी दिंदै आफ्ना प्राथमिकता सार्वजनिक गरेका हुन् ।

उनले वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलन दूतावासबाट शुरु गर्ने, अब डा. शेष घले प्रमुख संरक्षक रहेको एनआरएनएसंग आवद्ध हुने, च्यारिटी डिनर गर्ने लगायत जानकारी दिंदै ७० हजार पाउण्ड व्यक्तिका नाममा ट्रान्सफर र एनआरएनए यूकेको आर्थिक घोटालासम्बन्धि मुद्दा खारेज भएको सम्बन्धमा उठेका जिज्ञासाबारे समेत स्पष्टीकरण दिए ।

’संस्थापन एनआरएनएभित्रको फुट, त्यसका भ्रष्ट र विकृत पदाधिकारी, खस्कंदो साख, संस्था सञ्चालनमा एकलौटी तथा संघलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्ने क्रम बढेपछि एनआरएनए यूकेले माथिका विकृति विसंगतिविरुद्ध लडिरहेको र डा. शेष घलेको प्रमुख संरक्षकत्वमा हुर्किरहेको एनआरएनएमा आवद्ध हुने निर्णय गरेको छ’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ’उक्त संस्थाले हाम्रो वंशजको नेपाली नागरिकता निरन्तरता एजेण्डालाई प्रमुख मुद्दा बनाएर बढ्ने भएकाले हामी उहांहरुसंग सहकार्य र आवद्ध हुने निष्कर्षमा पुगेका हौं ।’

अध्यक्ष गाहामगरले बेलायतमा पढ्न आएकी २१ वर्षीया सदीक्षा तामाङको निधनपछि उनको अन्त्येष्टीका लागि उठाइएको १० हजार ५४५ पाउन्ड ३६ पेन्स (करिब १७ लाख रुपैयां) चन्दा उपाध्यक्ष (वर्खास्त) सुनिलबाबु खड्काले कब्जा गरेको समेत आरोप लगाए ।

’गत ७ जुलाईमा संकलित चन्दा सार्वजनिक गरेपछि सुनिलबाबु खड्काले ’त्यो पैसा हाम्रो हो’ भनेर बैंकलाई निवेदन दिए । अहिले एचएसबीसी बैंकले विवादका कारण खाता ’सस्पेन्ड’ गरिदिएको छ’, गाहामगरले भने, ’मैले बैंकलाई १४ पटक इमेल गरेपनि पीडितको हातमा सहयोग पुगेको छैन् । एकजना दिवंगत मान्छेको नाममा पीडितलाई उठाइएको चन्दा पनि जानीजानी रोकिदिएर सुनिलले ठूलो पाप गरे । अब हामी कानूनी उपचार खोज्नुबाहेक विकल्प रहेन ।’

गत ४ अगष्ट २०२१ मा नयां कार्यसमिति निर्वाचित भएपछि च्यारिटीको ट्रष्टी अध्यक्ष प्रेम गाहामगर थिए । तर, सुनिलबाबु खड्काले नक्कली कागजात पेश गरि च्यारिटी कमिसनमा आफ्नो नाम ट्रष्टी चेअरमेन बनाइ आफूलाई च्यारिटीको ट्रष्टी अध्यक्ष र महासचिव नम्रता घले गुरुङलाई ट्रष्टीबाट हटाएपछि बैंकले खाता निलम्बन गरेको गाहामगरको भनाइ छ ।

उनले एनआरएनए यूकेको च्यारिटी पैसा अहिले पदविहीन सुनिललाई रोक्न कसले दियो भन्ने प्रश्न गर्दै खड्काले एनआरएनए यूकेलाई च्यारिटी संस्थामा दर्ता गर्दा ठेगाना आफ्नै घरको दिएको पनि बताए ।

अध्यक्ष गाहामगरले वंशजका नेपाली नागरिकलाई सधैंकालागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन हुनुपर्छ भनेर एनआरएनए यूकेले अभियान थालिसकेको र यसलाई थप सशक्त बनाउने पनि उद्घोष गरेका छन् । आन्दोलन लन्डनस्थित नेपाली दूतावासबाट शुरु गर्ने उनको चेतावनी छ ।

’गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीहरुका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन हामीले सशक्त आन्दोलन गर्नुपर्ने आवश्यकता देखिएको छ । हाम्रो यो आन्दोलन अब विश्वभरका नेपालीहरुको सहकार्यमा अगाडि बढ्नेछ । यसमा पत्रकारमित्रहरुबाट साथ सहयोग रहनेछ भन्ने अपेक्षा गरेका छौं’, उनले भने ।

गोर्खा सैनिक तथा उनीहरुको परिवार र विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा १० संशोधन गरि सन् १९४७ को त्रिपक्षीय सन्धिलाई सम्मान गर्न र गोर्खा सैनिक तथा वंशजका नेपाली नागरिकहरुको नागरिकता निरन्तरता हुने गरि कानून संशोधन गर्न एनआरएनए यूकेले नेपाल सरकारसमक्ष विगतदेखि नै जोडदार माग राख्दै आएको छ ।

अध्यक्ष गाहामगरले एनआरएनए यूकेको ७० हजार पाउण्ड निजी खातामा ट्रान्सफर भएको सम्बन्धमा पनि प्रष्टिकरण दिएका छन् । गत फेब्रुअरी ६ तारिख सम्पन्न भएको कार्यसमिति बैठकले ’माइन्यूटिङ’ गरि उक्त रकम कार्यालय सञ्चालन र अन्य खर्चका लागि कोषाध्यक्ष र सह–कोषाध्यक्षको नाममा ३५÷३५ हजार पाउण्डका दरले सारिएको उनले स्वीकारे ।

सुनिलबाबु खेमाका चतुरहरुले सदीक्षाको चन्दा रोकेजस्तै अहिले अध्यक्ष प्रेम गाहामगर, चम्पा थापामगर र नम्रता घले सिग्नेचरीमा रहेको बैंक खाता समेत रोक्न दुष्प्रयास गर्छन् भनेर आफूहरु चनाखो भएको उनको भनाइ छ ।

’मेरो नेतृत्वको कार्यसमितिले पारदर्शी रुपमा संस्थाको पैसा खर्च गरेको विश्वास दिलाउन चाहन्छु । तपाईं समस्त पञ्जीकृत सदस्यहरु यसप्रति ढुक्क हुनुहोला । हाम्रो कार्यसमिति यसबारे जहां गएर पनि जवाफ दिन तयार छ । विधान अनुसार यसको आर्थिक प्रतिवेदन गएको साधारणसभामा दिइएको थियो भने आउंदो वर्ष २७ जुलाई २०२४ मा पनि दिइनेछ’, विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष गाहामगरले गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को आर्थिक अनियमितता सम्बन्धी मुद्दामा मेलमिलाप भएको पनि जनाए ।

एनआरएनए यूकेको अघिल्लो कार्यसमितिमा आर्थिक अनियमितता भएको भन्दै तत्कालिन चार उपाध्यक्ष प्रेमगाहा मगर, रामचन्द्र पोखरेल, मोहन कार्की र नारायण कंडेल तथा पूर्व उपाध्यक्ष शेरबहादुर सुनार एवं इंग्ल्याण्ड राज्य परिषदका उपाध्यक्ष लालबहादुर गुरुङ (एलबीजेड) ले कानूनी प्रक्रिया अगाडि बढाएकामा गत महिना यो मुद्दा खारेज गरिएको गाहामगरले जनाए । तर, यो केस मिलाएको क्रेडिट पनि सुनिलबाबु खड्काले लिएको भन्दै गाहामगरले आक्रोश पोखे ।

’करिब दुई वर्षअघि एनआरएनए यूके पूर्व अध्यक्ष पुनम गुरुङलाई विपक्षी बनाइ यूकेको डार्टफोर्ड काउन्टी कोर्टमा मुद्दा दर्ता हुंदा समाज विभाजित भइरहेको थियो । यही मुद्दामा टेकेर एनआरएनए यूकेका तत्कालिन (वर्खास्त) उपाध्यक्ष सुनिलबाबु खड्काले समाज छिन्नभिन्न पार्न खोजे । उनले फोहोरी राजनीति गरेर निवर्तमान अध्यक्ष पुनम गुरुङ र पूर्व अध्यक्ष योग कुमार फगामीदेखि सोझासाझा गोर्खा परिवारलाई दिनुसम्म दुःख दिए । खड्काले ’म केस मिलाइदिन्छु’ भनेर पूर्व अध्यक्ष योगकुमार फगामीसंग १० हजार पाउण्डसम्म मागे अनि फगामीलाई आफ्नो रेष्टुरेन्टमा बोलाएर जबरजस्ती हस्ताक्षर गर्न लगाउनेसम्मको हर्कत गरे’, विज्ञप्तिमा भनिएको छ, ’यही परिस्थितिमा वादीका तर्फबाट म एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले डार्टफोर्ड काउन्टी कोर्टमा इमेलमार्फत निवेदन गरेपछि मुद्दा खारेज भयो । सुनिलबाबु खड्काले ’म केस मिलाइदिन्छु’ भनेर पूर्व अध्यक्ष योगकुमार फगामीसँग १० हजार पाउन्ड मागेपछि मैले मेरो सोलिसिटरलाई तीनपटक इमेल गरेर बेलायतको कानून विपरित बार्गेनिङ भएको हुँदा यो मुद्दा अगाडि नलैजान दवाव दिएपछि यो केश साम्य भएको हो ।’

वि.सं.२०८० मंसिर ५ मंगलवार १४:११ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...