back
CTIZAN AD

‘पार्टी सञ्चालन गर्न नेता र कार्यकर्तामा अनुशासन जरूरी’

वि.सं.२०८० मंसिर ६ बुधवार

1.2K 

shares

सुन्दरहरैँचा (मोरङ) । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पार्टी सञ्चालन गर्न नेता र कार्यकर्तामा अनुशासन जरुरी भएको बताएका छन् । उनले कांग्रेस पार्टीभित्र उपलब्धिमूलक प्रशिक्षणको अभाव देखिएको बताए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङको जिल्ला सम्मेलनको तयारी तथा उद्देश्यबारे सुन्दरहरैँचा नगरपालिकाको विराटचोकमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको मोरङ जिल्ला सभापतिसमेत रहेका मन्त्री लिम्बूले पार्टी मजबुत बनाउन आवश्यक रहेको उल्लेख गरे । “पार्टी र निर्वाचित जनप्रतिनिधिबीचको सुमधुर सम्बन्धको उचित विकासले मात्र समाजलाई अघि बढाउन सक्छ”, उनले भने ।

मन्त्री लिम्बूले फरक प्रसङ्गमा युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गरी सरकारले स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाएर गरिब बेरोजगार युवालाई देशमै बाँच्न सक्ने वातावरण सिर्जना गर्न जरुरी रहेको उल्लेख गरे ।

कांग्रेस जिल्ला सचिव ललितबहादुर श्रेष्ठले जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको साथै जिल्लाभरका तीन हजार पाँच सय बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए । सम्मेलनको कांग्रेस नेता डा शेखर कोइरालाले उद्घाटन गर्नुहुने छ ।

वि.सं.२०८० मंसिर ६ बुधवार १०:३० मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...