back
CTIZAN AD

गाजामा इजरायली आक्रमणबाट कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु, थुप्रै घाइते

वि.सं.२०८० मंसिर ६ बुधवार

1.7K 

shares

जेरुसेलम । इजरायली आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु हुनाका साथै थुप्रै घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।
“मध्य गाजाको अल-नुसेरात शरणार्थी शिविरमा रहेका दुईवटा आवासीय भवनहरूमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ,“ स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

उत्तरी गाजामा, बेइट लाहिया शहरको इन्डोनेसियाली अस्पतालमा इजरायली हवाई आक्रमण र कमल ओडवान अस्पतालमा भएको आक्रमणबाट मङ्गलबार दर्जनौं प्यालेस्टाइनीहरू मारिएका छन् कैयौं घाइते भएका छन् । प्यालेस्टिनी सुरक्षा स्रोतहरू र स्थानीय प्रत्यक्षदर्शीहरूले बताएअनुसार जबलिया शरणार्थी शिविरको पश्चिम अल-फलौजा क्षेत्रमा विस्थापित मानिसहरूलाई आश्रय दिने विद्यालयमा इजरायली हमलाले थुप्रै हताहत भएको बताएका छन् ।स्थानीय उद्धारकर्ताहरू उद्धारकार्यमा संलग्न छन् ।

डाक्टर विदाउट बोर्डर्सले प्रेस विज्ञप्ति जारी गर्दै गाजाको उत्तरी भागमा रहेका आफ्ना कामदारहरूसँगको सबै सम्पर्क टुटेको भन्दै “त्यहाँको अवस्था गम्भीर“ रहेको बताएको छ ।

इजरायली आक्रमणले प्रमुख सञ्चार टावरहरूलाई निशाना बनाएपछि गाजा शहर र यसको उत्तरी क्षेत्रहरूमा केही दिनदेखि सञ्चार अवरुद्ध भएको छ । इजरायल रक्षा बलले मङ्गलबार विज्ञप्ति जारी गर्दै विगत २४ घण्टामा गाजामा २५० उड्डयन लक्षित आक्रमण गरेको जनाएको छ ।
अघिल्लो दिन, इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले सोशल मिडिया प्लेटफर्म x मा इजरायली सेनाले प्यालेस्टिनी लडाकुहरूलाई हटाउन र पूर्वाधार नष्ट गर्न गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविर जबलियाको घेराबन्दी पूरा गरेको छ ।
सिन्ह्वा

वि.सं.२०८० मंसिर ६ बुधवार ११:४४ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...