back
CTIZAN AD

धान उत्पादनमा वृद्धि भएपछि किसान हर्षित

वि.सं.२०८० मंसिर ६ बुधवार

1.4K 

shares

देउखुरी (दाङ) । दाङमा यसवर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान खुसी भएका छन् । समयमै वर्षा भएकाले धान समयमा नै रोप्न पाउँदा जिल्लामा धान उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ ।

यस वर्ष गत वर्षको तुलनामा नौ दशमलव ७५ प्रतिशत धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । गतवर्ष एक लाख ५३ हजार चार सय ६३ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष एक लाख ५८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कार्यालयले जनाएको छ ।

घोराही उपमहानगरपालिका–६ का मङ्गल चौधरीले समयमा पानी परेकाले धान समयमै रोप्न पाएपछि विगत भन्दा यस पटक धान उत्पादनमा बढेको बताए । “यसवर्ष ब्याड राखेको समयमै रोप्ने वातावरण बन्यो । पानीको समस्या नभएकाले रोपाइँ समयमा भएको थियो”, उनले भने, “हाइब्रिड धान रोपेका थियौँ । त्यसैले पनि धान उत्पादनमा वृद्धि भएको हो ।”

घोराही–५ धर्नाका मनोज चौधरीले ‘युएस तीन सय १२’ जातको धान लगाउनु भएको थियो । “गतवर्ष १५ कट्ठा खेतमा ६० मुरी धान फलेकामा यसवर्ष सोही जमिनमा ७० मुरी धान फलेको छ”, उनले भने, “गतवर्ष उत्पादन भएको धाएर सकिएको थियो । यसवर्ष पाँच क्विन्टल बिक्री गरेको छु । समयमा रोपाइँ गरेकाले धान उत्पादन बढेको हो ।” रोपाइँ गरेदेखि पसाउँदासम्म धानलाई आवश्यक मात्रामा पानी पुगेकाले उत्पादन बढेकोे मनोजको भनाइ थियो ।

हाईब्रिड जातको बीउ, समयमा पानी पर्नु, मल समयमा पाउनुलगायत कारणले उत्पादन बढेको केन्द्रले जनाएको छ । जिल्लामा यस वर्ष ३५ हजार दुई सय ८० हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएकामा नौ दशमलव ७५ प्रतिशतले उत्पादनमा वृद्धि आएको केन्द्रका कृषि अर्थविज्ञ एवम् सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिए । उनका अनुसार यस वर्ष प्रति हेक्टर पाँच मेट्रिक टन धान उत्पादन भएको छ ।
रासस /फाइल फोटो

वि.सं.२०८० मंसिर ६ बुधवार १२:५७ मा प्रकाशित

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...

एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न

एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न

काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आउँदो २०८३ भाद्र...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...