back
CTIZAN AD

थानीमाई मन्दिरमा दुई सय डोली फूल भित्रिए

वि.सं.२०८० मंसिर ६ बुधवार

1.2K 

shares

तनहुँ । जिल्लाको भानु नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल थानीमाई मन्दिरमा झण्डै दुई सय फूलको डोली भित्रिएका छन् ।
गत कात्तिक महिनादेखि आज मङ्सिरको पहिलो मङ्गलबारसम्म एक सय ९७ वटा फूलको डोली भित्रिएका हुन् । मनोकाक्षा पूरा हुने आस्थाका साथ देशका विभिन्न ठाउँबाट आएका भक्तजनले कात्तिकको पहिलो मङ्गलबार ७०, दोस्रो मङ्गलबार ९१ र मङ्सिरको पहिलो मङ्गलबार ३६ वटा फूलको डोली भित्रिएको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले जानकारी दिए ।

कात्तिकको दुई मङ्गलबार दसँै र दीपावली परेकाले फूलको डोली नभित्राइएको उनले भने । मङ्सिरको पहिलो मङ्गलबार तीन हजार दुई सय चालिस भक्तजनले पूजाअर्चना गरेकामा सोमबार राति तीन सय पाँच जनाले बत्ती बालेर रातभर जाग्राम बसेका थिए ।

कात्तिकको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्छ । मन्दिरमा फूलको डोली चढाउदा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । सोमबार सत्यनारायणको पूजा गरी डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा छ । थानीमाई मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघमा भक्तजनको भीड लाग्छ । मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्की, चितवन, नवलपरासी, काठमाडौँलगायतबाट भक्तजन आउँछन् । मन्दिरमा साउन महिना, एकादशी र औँसी बाहेकका अन्य दिनमा पूजाअर्चना हुने मन्दिरका पुजारी श्याकुमार थापाले जानकारी दिए ।

उनीसहित, कृष्णबहादुर आले र कृष्णबहादुर खुलाल गरी तीन पुजारीले मन्दिरमा पूजा गर्दै आउनु भएको छ । पछिल्ला वर्षमा थानीमाई पुग्न सडक निर्माण गरिएको छ । सडक निर्माण भएसँगै भक्तजनको सङ्ख्या बढ्न थालेको छ । भक्तजनले फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरमा नाचगान गर्दै तीन पटक परिक्रमा गर्छन् ।

परिक्रमापछि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो भाकल पूरा भएको भन्दै पूजा गर्ने गरिन्छ । समुद्री सतहबाट एक हजार दुई सय मिटरको उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशङ्खला देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको सो मन्दिर पुनःनिर्माण गरिएकोे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाखबाट उक्त मन्दिर पुनःनिर्माण गरिएको थियो । विसं १८२५ देखि सो मन्दिरमा पूजाअर्चना थालिएको हो अध्यक्ष थापाले बताए ।

 

वि.सं.२०८० मंसिर ६ बुधवार १६:३७ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...