back
CTIZAN AD

पनौतीको थप प्रचारप्रसार गर्न ‘पथ प्रदर्शक’

वि.सं.२०८० मंसिर ७ बिहीवार

1.1K 

shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीको थप प्रचारप्रसार गर्न ‘पथ-प्रदर्शक’ प्रवर्द्धन गर्न स्थानीयस्तरबाटै प्रयास थालिएको छ । यसका लागि पनौती पर्यटन केन्द्रले पथ प्रदर्शक तयारी गर्ने उद्देश्यले पहिलो चरण २० युवालाई तालिमको सुरुआत गरेको छ । नगरको वडा नं ५, ६ र ७ मा एक सयभन्दा बढी ऐतिहासिक मठ-मन्दिर, पाटी-पौवा, डबली र सत्तल छन् ।

पनौतीमा रहेक इँटा र ढुङ्गाको महत्व रहेकाले सोहीअनुरुप ‘गाइड’ तयार पार्ने भएकाले यसले नेपालकै आन्तरिक पर्यटकसँगै भारत, चीन, फ्रान्स, बेलायत र अमेरिकाबाट आउने पर्यटकले पनौतीका बारेमा धेरैभन्दा धेरै कुरा थाहा पाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । पनौतीमा एक वर्षमा औसत १८ हजार पर्यटक आउने तथ्याङ्क छ । बाहिरबाट आउने गाइडले पनौती चिनाउँदै आएकाले स्थानीयलाई तालिमको सुरुआत गरेको केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताए ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)को मापदण्डको पूर्ण पालना गर्न स्थानीय घरलाई सम्पदामैत्रीरुपमा निर्माण थालिएको छ । सम्पदामैत्री घर बनाउनेलाई नगरले प्रोत्साहनस्वरुप रकमसमेत सहयोग गर्दै आएको छ । ऐतिहासिक एवं पुरातात्विक तथा संरक्षित स्मारक क्षेत्र पनौती युनेस्कोद्वारा २६ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । यस्तै पनौती नगरको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पुरातत्व विभागले दिएको मापदण्डअनुसार सार्वजनिक बाटो, गल्ली र चोकतर्फ मोहडा फर्किएको पुरानो शैलीको घर बनाउनेलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग दिन थालको नगरले जनाएको छ ।

संरक्षित क्षेत्रअन्तर्गत हाल सम्पदामैत्री घर बनाउने सूचीकृत सङ्ख्या ८९ पुगेको छ । हालसम्म ११ घरलाई रु ९९ हजारदेखि रु तीन लाख ७८ हजारसम्म प्रोत्सहान रकम प्रदान गरिएको नगरले जनायो । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ ।

पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ । सरकारले हालसम्म पनौतीसहित १५ ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । पनौती ऐतिहासिक, पर्यटकीय एवं पुरातात्विक सम्पदा क्षेत्र हो । यस हिसाबले पनौतीका हरेक टोल, चोक र मन्दिर पुरातात्विकरुपमा महत्वपुर्ण छन् ।
रासस/फाइल फोटो

वि.सं.२०८० मंसिर ७ बिहीवार १२:२२ मा प्रकाशित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...