काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफु राजनीतिमा आउनुको एउटा कारण विदेशमा बस्ने नेपाली पनि एक भएको बताए ।
मलेसिया भ्रमणमा पुगेका सभापति लामिछानेले त्यहाँ आफ्ना शुभचिन्तकहरुलाई सम्बोधन गर्दै अवसर र रोजगारको लागि विदेश जानु पर्ने बाध्यता, जीविकोपार्जनकै लागि विभिन्न मुलुकमा दुख–कष्ट सहनुपर्ने परिस्थिति र स्वाभिमानमै चोट लाग्ने गरी झुक्नु पर्ने नेपालीको नियति परिवर्तन हुनुको सट्टा बढिरहेको समेत बताए ।
‘म राजनीतिमा आउनुको एउटा मुख्य कारण, विदेशमा रहेका नेपाली पनि हुन्। विदेशमा रहँदा तपाईंकै समस्या समाधानका लागि सार्थक पहल गर्न सकूँ, देशमा बस्न सक्ने वातावरण बनाउँदै अघि बढूँ र तपाईंको विश्वासमा खरो उत्रन सकूँ भन्ने हो ।’ लामिछानेले भने ।
मलेसिया, कतार र बेलायतमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्न, उनीहरुको साथ सहयोग र शुभेच्छाका लागि धन्यवाद दिने कार्यक्रमअन्तर्गत मलेसिया पुगेको समेत बताए ।
वि.सं.२०८० मंसिर १७ आइतवार १६:४४ मा प्रकाशित






























