back
CTIZAN AD

स्व लामु अमात्य नेपालको पहिलो नर्स घोषित

वि.सं.२०७४ वैशाख १७ आइतवार

2K 

shares

१७ वैशाख,काठमाडौँ  । सरकारले स्व लामु अमात्यलाई नेपालको पहिलो नर्स घोषणा गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री गगनकुमार थापाले अमात्यलाई सबै प्रमाण र तथ्यका आधारमा पहिलो नर्स घोषित गर्दै उहाँका पुत्र गायक योगेश्वर अमात्यलाई आधिकारिक प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

स्व अमात्यले सन् १९५४ मा कलकत्ता मेडिकल कलेजबाट स्टार्फ नर्स उत्तीर्ण गर्नुभएको थियो । उहाँले विसं २०१२ फागुन ३० गते स्वास्थ्य मन्त्रालयअन्तर्गत नर्सिङ तालिम परियोजनाका लागि लोकसेवामार्फत काम सुरु गर्नुभएको थियो ।

नेपालमा हालसम्म पहिलो नर्स को हो भन्ने लामो समयदेखि अन्योल रहेको थियो । स्व लामु र उमादेवी दासका परिवारले पहिलो नर्स आफूलाई घोषणा गर्न मन्त्रालयमा दाबी गर्दै आएका थिए ।

दुवै पक्षले पेस गरेका प्रमाणका आधारमा स्व लामुलाई पहिलो नर्स घोषित गरिएको मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले बताउनुभयो ।

पश्चिम बङ्गालको दार्जिलिङमा १९८८ माघ १४ मा जन्मिनुभएकी स्व लामुको २०६९ जेठ १९ गते निधन भएको थियो । आमाले लामो समयसम्म देशलाई गरेको सेवाको लामो समयको प्रयासपछि सम्बोधन भएको भन्दै गायक अमात्यले खुसी व्यक्त गर्नुभयो ।

आमाको नाममा सबै प्रदेशका जेहेन्दार छात्रालाई नर्सिङ अध्ययनका लागि सहयोग गर्ने सोच भएकाले यसबारे छिट्टै निर्णय गरिने गायक अमात्यले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ वैशाख १७ आइतवार १४:२५ मा प्रकाशित

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि...

निर्वाचन प्रहरीको मृत्यु

निर्वाचन प्रहरीको मृत्यु

खलङ्गा (दार्चुला) । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट...

काठले च्यापिएर एक जनाको मृत्यु

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले...

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन (बागलुङ) । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक...

बेनी-ढोरपाटन-तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

बेनी-ढोरपाटन-तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना (म्याग्दी) । गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा...