back

स्व लामु अमात्य नेपालको पहिलो नर्स घोषित

वि.सं.२०७४ वैशाख १७ आइतवार

1.8K 

shares

१७ वैशाख,काठमाडौँ  । सरकारले स्व लामु अमात्यलाई नेपालको पहिलो नर्स घोषणा गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री गगनकुमार थापाले अमात्यलाई सबै प्रमाण र तथ्यका आधारमा पहिलो नर्स घोषित गर्दै उहाँका पुत्र गायक योगेश्वर अमात्यलाई आधिकारिक प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

स्व अमात्यले सन् १९५४ मा कलकत्ता मेडिकल कलेजबाट स्टार्फ नर्स उत्तीर्ण गर्नुभएको थियो । उहाँले विसं २०१२ फागुन ३० गते स्वास्थ्य मन्त्रालयअन्तर्गत नर्सिङ तालिम परियोजनाका लागि लोकसेवामार्फत काम सुरु गर्नुभएको थियो ।

नेपालमा हालसम्म पहिलो नर्स को हो भन्ने लामो समयदेखि अन्योल रहेको थियो । स्व लामु र उमादेवी दासका परिवारले पहिलो नर्स आफूलाई घोषणा गर्न मन्त्रालयमा दाबी गर्दै आएका थिए ।

दुवै पक्षले पेस गरेका प्रमाणका आधारमा स्व लामुलाई पहिलो नर्स घोषित गरिएको मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले बताउनुभयो ।

पश्चिम बङ्गालको दार्जिलिङमा १९८८ माघ १४ मा जन्मिनुभएकी स्व लामुको २०६९ जेठ १९ गते निधन भएको थियो । आमाले लामो समयसम्म देशलाई गरेको सेवाको लामो समयको प्रयासपछि सम्बोधन भएको भन्दै गायक अमात्यले खुसी व्यक्त गर्नुभयो ।

आमाको नाममा सबै प्रदेशका जेहेन्दार छात्रालाई नर्सिङ अध्ययनका लागि सहयोग गर्ने सोच भएकाले यसबारे छिट्टै निर्णय गरिने गायक अमात्यले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ वैशाख १७ आइतवार १४:२५ मा प्रकाशित

Himalayan Life AD
एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली

एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय

स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी...

एक कारोडसम्म तिरेर अमेरिका पुगेका ७५ जना नेपालीलाई अमेरिकाले फेरि गर्यो डिपोर्ट

एक कारोडसम्म तिरेर अमेरिका पुगेका ७५ जना नेपालीलाई अमेरिकाले फेरि गर्यो डिपोर्ट

काठमाडौँ । अमेरिकाले ७५ जना नेपालीलाई एकैदिन डिपोर्ट गरेको छ...

स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन

स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन

काठमाडौँ । सुनसरी, रामदुनी झुम्का–१ सकुन्तला अधिकारीका दुई छोराछोरी पाँच...

बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्दै

बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्दै

दशरथचन्द (बैतडी) । बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका...

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने...