back
CTIZAN AD

ऐतिहासिक बर्जुताल संरक्षण समितिलाइ हस्तान्तरण

वि.सं.२०७४ वैशाख १७ आइतवार

1K 

shares

१७ वैशाख, इटहरी  । सुनसरी जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ऐतिहासिक एवम् पौराणिक बर्जुताल पुनर्संरचना तथा पुनर्निर्माण गरी ताल संरक्षण एवम् विकास समितिलाई आज हस्तान्तरण गरिएको छ ।
राष्ट्रपति चुरे तराई मधेस विकास समितिको आयोजनामा नेपाली सेनाको श्री १ नं राष्ट्र विकास गणको सक्रियतामा रु तीन करोड ६६ लाख एक हजारको लागतमा प्राचीन एवम् ऐतिहासिक बर्जुताललाई पर्या–पर्यटकीय महत्वका स्थलका रुपमा तयार पारेर आज बर्जुताल सिमसार संरक्षण एवम् विकास समितिलाई हस्तान्तरण गरिएको हो ।

नेपाली सेनाको श्री १ नं राष्ट्र विकास गणले बर्जुतालको ऐतिहासिकतालाई जीवित राख्दै ९७ हेक्टर जमिन क्षेत्रलाई पूरै तालका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकका लागिसमेत आकर्षणको केन्द्रका रुपमा बर्जुतालको प्राकृतिक अवस्थाको रुपान्तरणसमेत गरिएको छ ।

बर्जुताललाई पर्यटकीय आकर्षणसँगै चराचुरुङ्गीको अध्ययनका लागिसमेत महत्वपूर्ण केन्द्रका रुपमा विकास गरेपछि नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महतले बर्जुताल सिमसार संरक्षण तथा विकास समितिका अध्यक्ष बालिम चौधरीलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा उहाँले बर्जुताल भविष्यका लागि सन्दर प्राकृतिक सम्पदासँगै यसको संरक्षणमा अवसर र चुनौती रहेकाले सचेतनाका साथ काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा बर्जुताल हस्तान्तरणपछि वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले नेपालमा प्रशस्त प्राकृतिक सम्पदाको प्रचुरताले देश सुन्दर हुँदाहुँदै पनि प्राकृतिक यी सम्पदा संरक्षणमा बेलाबखत गलत कार्य हुँदा ती सम्पदाको महत्व घटिरहेको सन्दर्भमा सुनसरीको यस बर्जुतालको पुनर्निर्माणले पूर्वी नेपालका तराईको भू–भागलाई अझ सुन्दर बनाउन सकिन्छ भन्ने गतिलो उदाहरण प्राप्त भएको बताउनुभयो ।

बर्जुतालको ऐतिहासिकता र प्राचीन महत्वका विषयमा जति व्याख्या र चर्चा छ त्यसलाई त्यहीरुपमा विकसित गर्न अझै समय लाग्ने भए पनि त्यसको महत्वका विषयमा स्थानीयवासीमा जागेको सचेतनाले बर्जुतालको त्यो ऐतिहासिकता जागृत भएर जानेमा आफूलाई विश्वास जागेको पनि मन्त्री भण्डारीले स्पष्ट पार्नुभयो ।

मन्त्री भण्डारीले नेपाली सेनाले राष्ट्रपति चुरे तराई मधेस विकास अभियानले धेरै ताल तथा प्राकृतिक सौन्दर्यतासहितका सम्पदाका जगेर्ना र पुनर्निर्माण हुँदै आएकाले नेपालका ती प्राचीन एवम् ऐतिहासिक सम्पदाले पुनः प्राण भर्ने अवसर प्राप्त गरिरहेकाले नेपाल फेरि पनि प्राकृतिक मनोरम सम्पदाले भरिपूर्ण हुनसक्ने विश्वास बढेर गइहेकोमा खुसी व्यक्त गर्नुभयो ।

सोही अवसरमा राष्ट्रपति चुरे तराई मधेस विकास समितिका अध्यक्ष सलेन्द्र यादवले देशको प्राकृतिक सम्पदाको जगेर्नासँगै जल, जमीन तथा सिमसार क्षेत्रको उचित संरक्षण र संवद्र्धनका लागि समितिले बीस वर्षीय दीर्घकालीन गुरुयोजना बनाएको चर्चा गर्नुहुँदै त्यसका लागि राज्यले सक्दो सहयोग उपलब्ध गराएको खण्डमा देशलाई हराभरा बनाउन समिति अहोरात्र क्रियाशील रहने बताउनुभयो ।

बर्जुताल सिमसार संरक्षण एवम् विकास समितिका अध्यक्ष बालिम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख सेनानी कमल बानियाँले ताल संरक्षणका लागि जिम्मेवारीसहित राज्यले सुम्पेको कार्य इमान्दारितापूर्वक नेपाली सेनाले पूरा गरेर हस्तान्तरण गर्न पाउँदा गौरव महसुस भइरहेको बताउनुभयो ।

समारोहमा बताइएअनुसार हाल ताल क्षेत्रमा सुन्दर शिवालय मन्दिरसँगै ग्रिनबेल्ट ताल यात्राका लागि १५ थान डुङ्गा, दुईवटा आइल्यान्ड लगायतका भौतिक पूर्वाधारसमेत तयार पारिएको छ । सो स्थलमा वनभोजको मनोरञ्जन लिन सकिने सेडसँगै पर्यटकलाई मनोरञ्जन गर्ने विभिन्न आकर्षणका स्थानसमेत तयार पारिएका छन् ।

कार्यक्रममा प्रमुख सेनानी बानियाँले प्रत्येक वर्ष बर्जुतालबाट रु दुई करोड ७३ लाखभन्दा बढीको माछा बिक्रीको आम्दानी गर्न सक्ने र पर्यटकको आगमनबाट मात्र हरेक वर्ष समितिले रु ३० लाख प्रवेश शुल्कबाट आम्दानी लिन सक्ने अवस्थामा बर्जुतालको विकास भएको बताउनुभयो । सोही अवसरमा विभिन्न जातका बिरुवा रोप्ने कार्य पनि गरिएको थियो ।

वि.सं.२०७४ वैशाख १७ आइतवार १२:३० मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

काठमाडौं, भदौ १४ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...