back

चट्याङका कारण आगलागी हुँदा घर जलेर नष्ट

वि.सं.२०७४ वैशाख १८ सोमवार

600 

shares

१८ वैशाख,ताप्लेजुङ । चट्याङका कारण ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा आइतबार साँझ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

चट्याङपछि आगलागी हुँदा स्थानीय ज्ञानबहादुर शेर्पाको घर जलेको स्थानीय लक्ष्मी खतिवडाले जानकारी दिनुभयो ।

चट्याङले पासाङ शेर्पा सामान्य घाइते भएका छन् । तीनतले घर जल्दा लाखौँको क्षति भएको तर पूर्ण विवरण सङ्कलन भइनसकेको रेडक्रस शाखा खोक्लिङका अध्यक्ष झरेन्द्र थापाले बताउनुभयो ।
बालकको मृत्यु
यसैगरी छाताको डाँठमा बारुद भरेर आगो सल्काउँदा पड्किएर घाइते भएका आठराई त्रिबेणी गाउँपालिका– १ निघुरादिनका एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुकवीर तामाङका छोरा १० वर्षीय मिलन तामाङ रहेको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शनिबार साँझ साथीसँग बसेर सलाइको बारुद निकालेर डाँठमा भरेको र पछि आगो सल्काउँदा पड्किएर मिलन घाइते भएका थिए । सँगै रहेका रुपनारायण नाम गरेका साथी भागेका थिए । घाइते भएका मिलनलाई भने आइतबार बिहान स्कूल जाने साथीले लडिरहेको देखेपछि गाउँलेलाई खबर गरेका थिए । गाउँलेले थाहा पाएपछि उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा उनको मृत्यु भएको स्थानीय नगेन्द्र सिटौलाले जानकारी दिनुभयो ।

वि.सं.२०७४ वैशाख १८ सोमवार ०४:०३ मा प्रकाशित

Himalayan Life AD
मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ । मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज...

खेतमा बाख्रा लिन जाँदा चट्याङ लागेर महिलाको मृत्यु

खेतमा बाख्रा लिन जाँदा चट्याङ लागेर महिलाको मृत्यु

सुरुङ्गा (झापा) । चट्याङ लागेर आज यहाँ एक महिलाको मृत्यु...

बैतडीमा भ्यान दुर्घटना हुँदा, तीन जना गम्भीर

बैतडीमा भ्यान दुर्घटना हुँदा, तीन जना गम्भीर

बैतडी । बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते...

आन्दोलनकी घाइते लिजाको सरकारलाई सन्देश – छ महिनामा धेरै गर्न सकिन्छ

आन्दोलनकी घाइते लिजाको सरकारलाई सन्देश – छ महिनामा धेरै गर्न सकिन्छ

काठमाडौँ । भदौ २३ गते बिहान माइतीघरमा आफ्नै उमेर समूहका...

मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन

मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिकामा...

सार्वजनिक बिदामा पनि यी १३ वटा निगमका डिपो खुला रहने

सार्वजनिक बिदामा पनि यी १३ वटा निगमका डिपो खुला रहने

काठमाडौँ । दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय...