back
CTIZAN AD

परिवर्तन भयो नारायणगढ–मुग्लिन सडक बन्द हुने समय तालिका

वि.सं.२०८० पुस ८ आइतवार

2.1K 

shares

नारायणगढ। नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन) ले एक सूचना जारी गर्दै  सडक बन्द हुने समय तालिका परिवर्तन भएको जनाएको छ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनेको भएपनी  पनि सो समय तालिका परिवर्तन गरिएको छ। परिवर्तन समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने बताइएको  छ।

भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउनु पर्ने भएकोले नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छ भने मालबहाक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिनेछन् ।

काठमाडौंबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म र मालवाहक सवारीसधान लेवाटारमा रोकिने छन् भने  यसैगरी पोखराबाट आउने यात्रुवाहक सवारी साधनलाई बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई सत्रसय फाँटमा रोकिने गरि प्रवन्ध मिलाएको छ ।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले ४ घण्टासम्म रोकिएका सवारीसाधन पठाउन लामो समयसम्म ट्राफिक जाम हुनसक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।

वि.सं.२०८० पुस ८ आइतवार १५:०५ मा प्रकाशित