back
CTIZAN AD

सहकारीको सहयोगमा आत्मनिर्भर बन्दै महिला

वि.सं.२०८० पुस ११ बुधवार

1.2K 

shares

तुलसीपुर (दाङ) । कुनै समय चुलोचौकोमै सीमित हुने महिला पछिल्लो समय सहकारीको सहयोगमा आत्मनिर्भर हुन थालेका छन् । सहकारीबाट महिलाले तरकारी, पशुपालनलगायत अन्य पेसा पनि गर्ने गरेका छन् ।

लमही नगरपालिका–२ स्थित समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिला आर्थिक क्षेत्रका साथै सामाजिक क्षेत्रमा पनि अग्रसर हुन थालेका छन् । उक्त सहकारीमा सात सय ३३ महिला आबद्ध छन् । ती महिलाले खाद्यान्न सङ्कलन, रासायनिक मल बिक्री, बीमा, बङ्गुरका पाठापाठी, खसीबोका, बेसार र मकैको कारोबार गर्दै आएको संस्थाका अध्यक्ष अञ्जु चौधरीले बताइन् । “अब महिला चुलोचौकोमा मात्रै सीमित छैैनन्, आफँै पनि आत्मनिर्भर हुन्छन् भनेर देखाउन हामी सहकारीमा आबद्ध भएका हौँ”, उनले भनिन्, “अहिले हामी घरखर्चका लागि अरूको हात थाप्नुपर्ने अबस्थामा छैनौँ ।”

उक्त सहकारीको बचत रु तीन करोड ३० लाख ८३ हजार रहेको छ । सहकारीले कृषि, बाख्रापालन, व्यापार, शिक्षा, उपचार, पशुपालन, कुखुरापालनलगायत क्षेत्रमा कर्जा दिने गरेको गरेकाले सहकारीमा आबद्ध महिलालाई हरेक काम चलाउन सहज हुने गरेको सदस्य मधुलिका चौधरीले बताइन् । सहकारीले सामाजिक तथा सेवामूलक कार्य पनि गर्दै आएको छ । समाजमा कृत्रिम गर्भाधान कार्यक्रम, थुनेलो रोग परामर्श, जुकाको औषधि सहयोग, पिपिआर खोप, घाँसको बीउ वितरण, पशु स्वास्थ्य शिविर, आकस्मिक ऋण सहयोगलगायत कार्य पनि गर्दै आएको छ । साथै आगामी दिनमा उत्पादित तरकारी सङ्कलन तथा प्रशोधन केन्द्र निर्माण गर्ने योजना रहेको छ ।

सहकारीलाई हेफर इन्टरनेसनल नेपाल, ग्रामीण महिला उत्थान केन्द्रलगायतले सहयोग गर्ने गरेका छन् । विसं २०७१ फागुनमा २७ महिलाले उक्त सहकारी संस्थाको स्थापना गरेका थिए । तत्कालीन सोनपुर गाविस–२, ३, ७ र ९ लाई कार्यक्षेत्र बनाएर स्थापना गरिएको सहकारीले हाल लमही नगरपालिका–९ लाई कार्यक्षेत्र बनाएको छ । जसमा ३५ वटा समूह आबद्ध छन् ।
रासस /फाइल फोटो

वि.सं.२०८० पुस ११ बुधवार १२:५२ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...