back
CTIZAN AD

व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या बढ्दो

वि.सं.२०८० पुस १६ सोमवार

1K 

shares

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा आलुखेतीप्रति किसान आकर्षित भएका छन् । जिल्लामा यस वर्ष तीन हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा आलुखेती भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

“गतवर्ष तीन हजार एक सय ७५ हेक्टरमा आलुखेती भएकोमा यो वर्ष ५० हेक्टर जमिनमा थप विस्तार भएको छ”, प्रमुख लामिछानेले भने, “गतवर्ष जिल्लामा ५७ हजार तीन सय ५४ मेट्रिक टन आलु उत्पादन भएको थियो ।” जिल्लामा व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको तथ्याङ्कमा देखिएको छ । “आलु उत्पादनका हिसाबले नवलपरासी(बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ”, उनले भने, “यो वर्ष पनि समय अनुकूल छ, आलु उत्पादन राम्रो हुने अनुमान छ ।”

यसवर्ष आलु उत्पादन पनि बढ्ने केन्द्रको प्रारम्भिक अनुमान छ । कृषि ज्ञान केन्द्रसँगै स्थानीय तहले आलुखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेकाले आलुखेती विस्तार हुँदै गएको हो । “जिल्लामा आलुखेती गर्ने किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा रु तीन करोड ९२ लाखको कार्यक्रम सञ्चालन गरेको छ”, उनले भने ।

नवलपरासी(बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी, हुप्सेकोट र बौदीकाली गाउँपालिका, कावासोती, देवचुली र गैँडाकोट नगरपालिकामा व्यावसायिक आलु खेती गर्ने गरिएको छ ।
रासस

वि.सं.२०८० पुस १६ सोमवार १४:५७ मा प्रकाशित

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...