back
CTIZAN AD

भौतिक पूर्वाधार तथा यातायातमन्त्री र श्रम मन्त्रालयको भूमिकाबारे छानबिन गर्न समितिको निर्देशन

वि.सं.२०८० पुस १६ सोमवार

1.1K 

shares

काठमाडौं । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा शुक्रबार मानवीय तथा भौतिक क्षति हुनेगरी भएका घटनाका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भूमिकाका बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले आगामी दिनमा यस प्रकारका घटना नहोस् भनी सम्बन्धित सबै पक्षलाई सजग र जिम्मेवार रहनसमेत निर्देशन दिएको छ । बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार अछाम चौरपाटी गाउँपालिका-१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका-६ का सुजन राउतको मृत्यु भएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार सवारीमा आगजनी गरेका थिए ।

सरकारले सो घटनाको निष्पक्ष र वस्तुगत अनुसन्धान गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

बैठकले मृतकका परिवारलाई थप आर्थिक राहत तथा मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको समिति सभापति रामहरि खड्काले जानकारी दिए । बैठकले सुरक्षा निकायलाई पर्याप्त मात्रामा आवश्यक स्रोत साधन उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको उपस्थिति थियो ।

वि.सं.२०८० पुस १६ सोमवार १५:३२ मा प्रकाशित

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...