back
CTIZAN AD

एक सातापछि बिदा भए नवदुर्गा नृत्यका देवगण

वि.सं.२०८० पुस १७ मंगलवार

1.3K 

shares

भक्तपुर । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका ‘देवगण’ एक सातासम्म मध्यपुरथिमिका टोलटोलमा नृत्य प्रस्तुतसँगै स्थानीयको पूजा ग्रहण गरी बिदा भएको छ ।

मध्यपुरथिमिमा यही पुस ११ गतेदेखि सुरु भएको नवदुर्गा नाच अन्तिम दिन सोमबार दिउँसो र राति मरुटोल र बालकुमारी प्राङ्गणमा बाराही नाच, सिम्हादुम्हा न्यालाकेगु नाच, महाकाली नाच, श्वेत भैरव न्यालाकेगु जात्रापछि आरतीसँगै प्रदर्शन गरिएको थियो । त्यसपछि स्थानीयको पूजा ग्रहण गरी नवदुर्गा नाच भक्तपुर फर्किएको मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्र्ठ जानकारी दिए ।

मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच चपाचोमा प्यमा द्यो नाच, भुँलाखेलमा प्यमा द्यो नाच र खाँ प्याखँ नाच, नगदेश र बोडेमा, दथुटोलमा, दधिकोटको चित्रपुरमा, मध्यपुरथिमिको मरुटोल र वप्पा महादेव क्षेत्रमा मुँ वाहन लिकेगु नाच प्रदर्शन गरिएको थियो । अन्तिम दिन सोमबार दिउँसो र राति बालकुमारी क्षेत्रमा प्रदर्शन गरेपछि स्थानीयले भव्य पूजासहित देवगणलाई बिदा गरेका थिए ।

नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान वनमालाका अनुसार नवदुर्गा नाचमा देवगणले गणेश, कुमार, सिंह कुमारी र दुम बाराहीको मुखुण्डोलगायत तान्त्रिक विधिअनुरुप नाच्ने गर्दछन् । नवदुर्गा नाचमा साक्षात् नवदुर्गा देवी प्रकट हुने जनविश्वास छ ।

नवदुर्गा देवगणलाई नृत्य प्रदर्शनका लागि नगरपालिकाले बजेटको व्यवस्था गर्दै आएको छ । एक साता मध्यपुरथिमिको बालकुमारीस्थित नवदुर्गा द्यो छेँमा बसेर देवगणले नगरका विभिन्न स्थानमा नृत्य प्रस्तुत गरेको थियो ।

 

वि.सं.२०८० पुस १७ मंगलवार १०:३४ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...