back
CTIZAN AD

चारमहिने विशेष अभियान सकिएपछि आज पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र

वि.सं.२०८० पुस १७ मंगलवार

1.2K 

shares

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरणको लागि सञ्चालन गरेको चारमहिने विशेष रुपान्तरण अभियान सोमबारबाट सकिएको छ । अभियानको विषयमा आज माओवादीले पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ ।

आज मंगलवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर चार महिने विषेश रुपान्तरण अभियानको विषयमा जानकारी गराइने पार्टी प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । उनले माओवादीले सञ्चालन गरेको ४ महिने विशेष रुपान्तरण अभियानलगायत समसामयिक विषयमा विशेष पत्रकार सम्मेलन गर्न लागिएको बताएका छन् ।

माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका छ हजार सात सय ३४ वडामा तीन महिने अभियान सुरु गरेको थियो । जनताको उल्लेख्य सहभागिता रहेको भन्दै माओवादी केन्द्रले मंसिर १६ गते अभियान एक महिना थप गरेको थियो । अभियानका क्रममा पार्टी नेता कार्यकर्ता गाउँगाउँमा पुगेका थिए ।

देशका सातसय ५३ वटै पालिकामा बृहत् जनपरिचालनसहित सोमबार अभियान समापन गरेको माओवादीले आज विशेष पत्रकार सम्मेलन गरेर अभियानको विषयमा जानकारी दिन लागेको हो । अभियानको क्रममा पार्टीका बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन लगायतका विषयमा छलफल भएको माओवादी केन्द्र प्रचार बिभागले जनाएको छ ।

वि.सं.२०८० पुस १७ मंगलवार ११:४७ मा प्रकाशित

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

भक्तपुर । यहाँको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...