काठमाडौं । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच छलफल सुरु भएको छ ।
कांग्रेसका शीर्ष नेताहरू छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटरमा पुगेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते हुँदैछ । निर्वाचनको मिति नजिकिएसँग सत्ता साझेदार दलहरुले भागबन्डाका लागि कसरत गरिरहेका छन् ।
वि.सं.२०८० पुस १७ मंगलवार ११:२८ मा प्रकाशित




























